३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

जेसिज कपको उपाधि श्रीमेहर गणलाई

विजेता श्रीमेहर गणका खेलाडीलाई ट्रफी प्रदान गर्दै बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ। तस्बिर: संगम/नागरिक

वीर गोर्खाली युवा क्लब बागलुङलाई १-० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ। बागलुङमा शुक्रबार सम्पन्न फाइनलमा श्रीमेहर गणलाई उपाधि जिताउनका लागि टिम क्याप्टेन पीताम्बर घर्तीमगरले खेलको ३०औं मिनेटमा गरेको गोल नै पर्याप्त भयो। वीर गोर्खालीका किपर अगाडि बढेर बल समाउने प्रयासमा असफल भएपछि मगरले उक्त बललाई जाली चुमाएका थिए।

दोस्रो हाफको अन्तिमतिर वीर गोर्खालीले गोलका लागि केही राम्रा अवसर सिर्जना गर्ने प्रयास गरे पनि श्रीमेहरका डिफेन्डरले असफल पारिरहे। सुरुआतमै खेलमा हाबी देखिएको श्रीमेहर गण घोडाबाँधेले खेलको अन्तिमसम्मै आफ्नो आक्रामकता जारी राख्दा वीर गोर्खाली युवा क्लब दबाबमा देखिएको थियो।

वीर गोर्खाली युवा क्लब बागलुङलाई १–० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ।

बिहीबार फाइनल प्रवेशका लागि चिल्ड्रेन लाइफविरुद्ध २–० ले पछि परेको अवस्थामा अन्तिम २० मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले जित निकालेको वीर गोर्खालीले बिहीबारकै नतिजा दोहोर्‍याउने प्रतीक्षामा रहेका दर्शकले उत्साह बाँड्न पाएनन्।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वीर गोर्खालीलाई खेलअघि उपाधिको मुख्य दाबेदारको रूपमा हेरिएको थियो। तर श्रीमेहरले गणले वीर गोर्खालीलाई आक्रमणको अवसर नै दिएन। जेसिज कप २०२३ को उपाधि जितेको श्रीमेहर गण घोडाबाँधेले नगद एक लाख ५० हजार रूपैयाँ पुरस्कारसहित ट्रफी र मेडल हात पारेको छ। उपविजेतामा चित्त बुझाएको वीर गोर्खाली युवा क्लब बागलुङले नगद ७५ हजार रूपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो।

उपाधि विजेता र उपविजेता टोलीलाई बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकार रोशनीकुमारी श्रेष्ठ लगायतले नगद पुरस्कारसहित मेडल र ट्रफी प्रदान गरेका थिए।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वीर गोर्खालीलाई खेलअघि उपाधिको मुख्य दाबेदारको रूपमा हेरिएको थियो। तर श्रीमेहरले गणले वीर गोर्खालीलाई आक्रमणको अवसर नै दिएन।

सेमिफाइनलबाट बाहिरिएका चिल्ड्रेन लाइफ स्पोर्ट्स क्लब र कालीपुल युनाइटेड क्लब बेनीले नगद १५ हजारका दरले पुरस्कार पाए। प्रतियोगिताभर ५ गोल गरेका चिल्ड्रेन लाइफ स्पोटर्स क्लबका जोन ग्लोरी उच्च गोलकर्ता, श्रीमेहर गणका विप्लव थापा मगर उत्कृष्ट गोलकिपर, वीर गोर्खालीका सुशील थापामगर उत्कृष्ट फर्वाड, वीर गोर्खालीकै एलेक्स उत्कृष्ट मिडफिल्डर, वीर गोर्खालीकै जोन उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल स्कोरर श्रीमेहर गणका विकास मगरले हात पार्दा फेयर प्ले टोलीको उपाधि कालीपुल युनाइटेड बेनीले जितेको छ।

वीर गोर्खालीका कप्तान सञ्जीव अर्याल सर्वोत्कृष्ट खेलाडी घोषित भए। बागलुङ जेसिजको आयोजनामा आइतबारदेखि सुरु भएको फुटबल प्रतियोगिता शुक्रबार सकिएको हो। 

प्रकाशित: २३ वैशाख २०८० ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App