१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बागमती प्रदेश खेलकुद: भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि  जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन्।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आज भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्‍यो।भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे । १ ट्राइबाट ५ अंक प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सन वापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे ।

महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो।विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे।मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो।  

प्रकाशित: १३ जेष्ठ २०८० ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App