२४ असार २०८१ सोमबार
image/svg+xml

मासु र स्याउमा आत्मनिर्भर बन्छाैंः कृषिमन्त्री खनाल

नेपालमा ३० प्रतिशतको हाराहारीमा खसी, बोकाको मासु आयात भइरहेको भन्दै उनले मन्त्रालयको ध्यान अपुग ३० प्रतिशत पनि स्वदेशमै कसरी उत्पादन गर्न सकिन्छ भनेर लागेको जानकारी दिए।

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन्।

मासु बेचेरै चल्दै छ जिन्दगी

रामदाइ विस्तार उठेर पसलभित्र छिर्छन्। ठूलो कुखुराको फिला काटेर इलेक्ट्रिक तराजुमा राख्छन्। तराजुको रातो नम्बर एकछिनसम्म झिमिक–भिमिक गर्छ र स्थिर हुन्छ। पाँच सय ग्रामबाट अलिकति उकालो लाग्छ। उनी मासुको पिस तयार पारिदिन्छन्।

बर्ड फ्लूबाट डराउनु पर्दैन (भिडियाे)

बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत रहन चिकित्सहरुले सुझाव दिएका छन्। विशेषगरी बर्ड फ्लू संक्रमण बढ्दैमा मासु अण्डा प्रयोग गर्न हुँदैन भन्ने बुझाई छ। तर चिकित्सकले भने राम्रोसँग मासु पकाएर, अण्डा उमालेर खाँदा असर नपर्ने भन्दै सुझाएका छन्।

वीरगन्जमा विद्यालय र माछामासु पसल बन्द

वीरगन्जमा सञ्चालन भइरहेको अश्वमेध गायत्री महायज्ञका लागि मुख्य सहर क्षेत्रका विद्यालयहरू बन्द गराइएका छन् भने माछामासु बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ। महायज्ञका कारण भिडभाड बढी हुने हुँदा असुरक्षाका कारण तथा सडकमा स्कुल बस सञ्चालन गर्न कठिन हुने भएकाले पछि मिलाउने गरी यज्ञ अवधिभर तीन दिन विद्यालयहरू बन्द गराइएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए।

मासुका लागि पशुपन्छी ल्याउन रोक लगाइने

सरकारले काठमाडौं उपत्यकाभित्र मासुजन्य प्रयोजनका लागि जिउँदा पशुपन्छी ल्याउने प्रतिबन्ध लगाउने तयारी गरेको छ। काठमाडौं उपत्यकाभित्र फोहोर र दुर्गन्ध बढेको जनगुनासो सम्बोधन गर्न सरकारले मासुजन्य प्रयोजनका लागि जिउँदा पशुपन्छी ल्याउन रोक लगाउने तयारी गरेको हो।

मकैमा परनिर्भरता चुलिँदो

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुरा दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ। यसबाट नेपाली पैसामात्रै विदेशिएको मात्रै नभई फस्टाउँदो कुखुरापालन व्यवसायमाथि नै चुनौती थपिएको छ।

विभिन्न मुलुकबाट ८६ करोडको तयारी मासु तथा माछाको आयात

पर्याप्त सम्भावना भएपनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ।

जंगली पशुपन्छीको मासु खुलेआम बेचबिखन

सदरमुकाम चैनपुरलगायत विभिन्न ग्रामीण बस्तीमा अवैध जंगली पशुपन्छीको मासु बिक्री हुने गरेको पाइएको छ। खुलेआम रूपमा जंगली पशुपन्छीको मासु अवैध रूपमा बिक्री–वितरण भइरहँदा पनि स्थानीय वन प्रशासन मूकदर्शक बनिरहेको छ।

प्रशासनद्वारा सडेको मासु  बरामद

जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार सदरमुकाम मन्थलीमा गरेको अनुगमनका क्रममा विभिन्न मासु पसलहरुबाट विक्रि गर्न राखिएको ६७ किलो सडेको (खान अयोग्य) मासु बरामद गरेको छ।

रुकुमका अधिकांश मासु पसल अवैध

रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगामा अवैध रुपमा मासु पसल सञ्चालन गरिरहेको फेला परेको छ। मुसिकोट नगरपालिकाले गरेको अनुगमनबाट यस्तो फेला परेको हो।

माछा–मासु र मान्छे

माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

कटियाको मासु, जिब्रै रसाउने !

बरमझियाको पेडा, पालुङको मुला, भक्तपुरको दही अनि कलैयाको सेकुवाजस्तै रौतहटको कटियाले खाद्यक्षेत्रमा दह्रै उपस्थिति जनाएको छ । स्थानीय बज्जिका भाषामा कटियाको अर्थ माटोको ‘सानो घैँटो’ कोहिया पनि भन्ने गर्छ । पारम्परिक तरिका सँगै स्थानीय स्वाद समेटेर कोहियाभित्र खसीको मासु, प्याज र मसला मिसाएर माटोकै ढकनीले छोपेर कोइलाको रापमा पकाइन्छ।

दसैंमा कस्तो मासु खाने ?

डिबी (धनबहादुर) सेजुवाल (५० वर्ष) निकै नै फुर्तिला छन् । बिहानैदेखि बेलुकीसम्मको अधिकांश समय उनले भान्सामै बिताउँछन् । पोखराको चल्तीको टेम्पल ट्रि रिसोर्टमा २० जनाको डफ्फाको नेतृत्व गर्दै हरसमय स्वादिलो र स्वस्थ खाना पस्किने उनको ‘ड्युटी’ नै हो । त्यसैले त शरीर फुर्तिलो हुनु उनी जरुरी ठान्छन्।

रातो र पोलेको मासु नखान क्यान्सर विज्ञको सुझाव

नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्