कृषिमन्त्री भन्छन् : उपत्यकामा राँगाको मासु खानलायक छैन, ४० मिटमार्ट खोल्दैछौं
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले काठमाडौं उपत्यकामा राँगाको मासु खानलायक नभएको बताएका छन्। ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन। अरु मासु पनि व्यवस्थित छैनन्’, उनले भने। मासुबारे अलिक बढी सचेत हुनुपर्ने भन्दै मन्त्रालयले मासुको नियमन गरिरहेको उनको भनाई छ।