१९ असार २०८१ बुधबार
image/svg+xml

विस्केट जात्राको अवसरमा मासुमा छुटैछुट

विस्केट जात्राको अवसरमा भक्तपुरको सल्लाघारी चुनदेवीमा रहेको जे.एस. चिकेन सप्लायर्सले विभिन्न प्रकारका मासुमा छुटैछुटको अफर ल्याएको छ ।

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।

दसैंमा खसीको मासु

महान् चाड दसैँ नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ। घरको सदस्य मात्र हैन दसैँमा घरमा आउने मासु खाने पाहुनाहरू लाई समेत दुर्गा माताको प्रसादको रूपमा खसीको मासुले स्वागत गर्ने हाम्रो परम्परागत रैथाने चलन हो।

कुखुराको मासुको मूल्य घट्यो

तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो।

धरानमा कुखुराको मासुको खुद्रामुल्य ३२० कायम

स्थानीय सरकार, कुखुरा पालक कृषक र मासु व्यवसायीहरू मिलेर धरानमा जिउदो बोइलर कुखुरा र मासुको मुल्य निर्धारण गरेका छन् ।लकडाउनको बेला मासुको मुल्यमा अत्यधिक उचारचढाव भएको र महंगी बढेको गुनासो आउन थालेपछि साेमबार सरोकारवालाहरूबीच बैठक बसेर मासुको मुल्य निर्धारण गरेका हुन् ।

मासु, दूध र अण्डामा गण्डकी आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ। गण्डकी प्रदेश राष्ट्रिय मापदण्डअनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन्।

मासुमा मनपरी

लक–डाउनको समयमा भक्तपुरका मासु पसलेहरूले मनपरी मूल्य लिई कालोबजारी गरेको पाइएको छ । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सोमबार दत्तात्रय, च्याम्हसिंह, कमलविनायक र लान्चा फल्चामा क्षेत्रमा रहेका मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको जनाइएको छ ।

बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले

खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्।

खुला मासु नै उपभोक्ताको पहिलो रोजाई

नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन्। खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ। आफ्नै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज-१० का हिरण्य शर्माको जानकारी दिए।

वधशाला नहुँदा अस्वस्थकर मासु खान उपभोक्ता बाध्य

जिल्लामा पशु वधशाला नहुँदा यहाँका स्थानीय अस्वस्थ्यकर मासु खान बाध्य भएका छन्। जिल्ला सदरमुकाममै जथाभावी रुपमा मासु, माछा बिक्री गरिरहेको पाइएता पनि त्यस्ता अस्वस्थ्यकर मासु बिक्रेतामाथि रोक लगाउन कुनै पहल हुन सकेको छैन।

सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म

गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीकोभैंसी मासु निकासी भएका छन्।

ब्रोइलरको मासुमा विष !

नेपाली बजारमामा कुखुराको मासु निकै लोकप्रिय बनेको देखिन्छ। होटेल तथा रेस्टुरेन्टहरूमा कुखुराको मासु छ भनी सोध्दा छ भन्ने उत्तर आयो भने ब्रोइलर कुखुराको मासु रहेछ भन्ने बुझ्दा हुन्छ। हाम्रा रैथाने कुखुराकै मासु खाने भए त ‘लोकल’ कुखुरा छ भनी सोध्नुपर्ने चलन चलेको बाजेको पालादेखि हो कि जस्तो लाग्छ।

बङ्गुरको मासु निर्यात गर्न नेपाल इच्छुक

नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्