२१ असार २०८१ शुक्रबार
image/svg+xml

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुई सिकिस्त

सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ। दुईजना सिकिस्त भएका छन्। आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो। उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ।

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु।

मासु: कस्तो, कति खाने ?

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तै मासुको जथाभावी उपभोगले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा सन्तुलित रूपमा खानुपर्छ।

अर्बमा मासुको व्यापार

व्यापारीहरूको मिलेमतोमा प्रत्येक वर्षको दसैंमा खसीको मूल्य बढाउने गरिएको छ। यसपालि पनि व्यापारीहरूले पुरानै इतिहास दोहो-याउने भएका छन्।

दसैंमा हिमाली च्यांग्राको स्वाद

दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ। त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि च्यांग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन्। हिमाली जडीबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ।

‘आन्तरिक उत्पादन पर्याप्त’

सरकारले दसैं र तिहारमा खपत हुने मासुका लागि आन्तरिक उत्पादन पर्याप्त भएको दाबी गरेको छ। विगतमा यस्ता चाडपर्वमा भारत र चीनबाट खसीबोका आयात गरिने भए पनि यस वर्ष ती मुलुकबाट आयात पूर्ण रुपमा बन्द छ।

खसीकाे मासु प्रतिकिलाे ८ सय

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो। अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो।

अबैध मासु बिक्री हुदैं

बुटवलका मासु पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। नेपालीहरुको चाडपर्व भित्रिन थालेकाले व्यापारीहरुले धमाधम मासू स्टकमा राख्न थालेका छन्।

मासु पसलमा महिला सिडिओको एक्सनः कुहिएको मासु जफत

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगा आसपासका फ्रेस हाउसबाट ६८ केजी कुहिएको मासु जफत गरेको छ। गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन टोली खटाएको थियो। अनुगमनका क्रममा चन्दननाथ नगरपालिका कालिखोलीका पारस फ्रेस हाउस र दिया फ्रेस हाउसबाट ६८ केजी मासु जफत भएको हो।

चित्तलको छाला र मासुसहित पक्राउ

बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्।

आयातमा कडाईपछि नेपाली किसानलाई राहत

भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसी, बोका, बाख्रा, भेडा लगायतका पशुपंक्षीजन्य सामग्रीलाई रोक्न सरकारले कडाइ गरेसगै नेपाली किसानलाई राहत मिलेको छ।

खसीको भन्दै बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ।

खसीको मासुका अनेक परिकार

खसीको मासु खान रुचाउने पारखीको पहिलो रोजाइमा पर्छ, ‘बाजेको सेकुवा घर’। राजधानीका ग्राहकको मन जित्न सफल बाजेको सेकुवा घरले न्युयोर्कमा समेत खुलेको छ। विदेशमा यसका शाखा खोल्ने योजनामा रहेको बताउँछन्,

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्