६ आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटन बोर्डले सवा अर्ब रुपैयाँको बजेट ल्याउँदै

नेपाल पर्यटन बोर्डले आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि करिब सवा अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। पर्यटन बोर्डले अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिने विदेशी पर्यटकसँग एकजनाको एकहजार रुपैयाँको दरले शुल्क लिन्छ। त्यस्तै पदयात्रा व्यवस्थापन सूचना प्रणालि (टिम्स)बापत पनि संकलन भएको रकम पनि बोर्डको आम्दानीको अर्काे मुख्य श्रोत हो।

नेपालीको मृत्यु रहस्यमय, प्रहरीको अनुसन्धान फितलो

कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ का ४५ वर्षीय महेश नेपालीको मृत्यु रहस्यमय बनेको छ। मृतक नेपाली जेठ १६ गते कारागारमा रहेका छोरालाई भेट्न घरबाट निस्किएका थिए। उनका छोरा कमल नेपाली लागुऔषध मुद्दामा दाङ कारागारमा छन। तर उनले छोरालाई भेट्न नपाउँदै ज्यान गुमाउनु पर्‍यो।

पाकिस्तान विरुद्ध नेपाललाई तेश्रो विकेट हात लाग्यो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान विरुद्ध नेपाललाई तेश्रो विकेट हात लागेको छ ।

नेपालविरुद्ध पाकिस्तानले पहिलो १५ ओभरमा ७६ रन बनायो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दिएको १८० रनको लक्ष्य सहित मैदान उत्रेको पाकिस्तान ए ले १५ ओभरमा२ विकेट गुमाएर७६ रन बनाएको छ। नेपालका लागि दुवै विकेट पवन सर्राफले लिएका हुन।

चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया-स्याउले-अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ।

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ।

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै छन्।

नेपालगन्जमा ‘मगन्ते’को राज

नेपालगन्जको धम्बोझीनजिकै कोहलपुरका लागि लोकल गाडी छुट्ने स्थान र पुष्पलाल चोकमा जो कोही जानूस्, त्यहाँबाट तपाईं सहजै उम्किन सक्नु हुन्न।

रासायनिक मल कारखाना अध्ययनका लागि सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनस्थित डिआईएजी इण्डस्ट्रिज बीच सम्झौता भएको छ।

बैंकको ब्याजदर फरक-फरक हुने

नेपाल बैंकर्स संघ मार्फत भद्र सहमति गरेर ब्याजदर निर्धारण गर्दै आएका बैंकहरूले अब आआफ्नो ढङ्गले व्याज निर्धारण गर्ने भएका छन्।

बाग्मती हाप्किडोमा गुरुङ

नेपाल हाप्किडो संघ, बाग्मती प्रदेशको अध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन्। बिहीबार सम्पन्न बाग्मती प्रदेशस्तरीय भेलाले गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

स्वर्ण विजेता तिमल्सिनालाई सम्मान

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो

पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।

नेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ। चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्