१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

फेरि बढ्याे सुनकाे भाउ

स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।  

प्रकाशित: २ असार २०८१ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App