११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेट गुमायो

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ। 

नेपालले आशिफ शेख, कुशल भुर्तेल , अनिल शाह , कुशल मल्ल , दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीलाई गुमाएको छ । नेपालले १३ दशमलब २ ओभर भित्र ६ जनालाई गुमाउन पुगेको हो।  

ताजास्थीतीमा नेपालले १४ ओभरमा ६ विकेट गुमाएर ६८ रन बनाएको छ ।अहिले कप्तान रोहित पौडेल  र गुलशन झा क्रिजमा छन।

आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

प्रकाशित: २२ जेष्ठ २०८१ २२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App