११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।

आज काठमाडौंमा एक कार्यक्रमबीच टोलीको बिदाई गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आईतबार टोलीलाई बिदाइ गरेका थिए।

नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ । २३ सदस्यीय नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई र मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मनिष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई र फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान रहेका छन् ।

दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ । नेपालले युएईबिरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दैछ । दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि साउदी अरबमा खेल्न लागेको हो। 

प्रकाशित: २० जेष्ठ २०८१ २०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App