११ असार २०८१ मंगलबार
image/svg+xml
कला

पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रिया: ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् । मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो कुरा बताएका हुन्।उनीहरुले जातीय विभेदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए।

उनीहरुले चलचित्र पुजार सार्कीले पनि समाजमा हुने विभेदका बारेमा उजागर गरेको र सबैले एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए । चलचित्र हेरिसकेपछि सिने पत्रकारहरुसंग कुरा गर्दै अभिनेत्री वसुन्धरा भुसालले चलचित्रमा समाजका कुऋति, विभेदका विषयवस्तुहरू गहन ढंगले प्रस्तुत गरिएको बताइन।

उनले चलचित्र सबैले एक पटक हेर्नै पर्ने रहेको र कथावस्तु समाजका जनचेतना विकास गर्ने किसिमको रहेको बताइन ।अभिनेता रमेश उप्रेतीले पुजार सार्की एकदमै उत्कृष्ट चलचित्र रहेको भन्दै चलचित्रको विषय वस्तुले समाजको कथा भनेको बताए । उनले कलाकारहरुको अभिनय र चलचित्रले  समाजमा एउटा किसिमको सन्देश दिएको धारणा राखे । उहाँले जातीय विभेद अन्त्य हुनुपर्ने पनि बताए। 

चलचित्र पुजार सार्की सिनेमा  सार्कीमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शन भइरहेको छ । दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन सिग्देल , प्रदीप खड्का  र पल शाह सहित अञ्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ। 

प्रकाशित: २३ जेष्ठ २०८१ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App