१० मंसिर २०८१ सोमबार
image/svg+xml

निगमको नियति

कुनै पनि व्यावसायिक कम्पनीका लागि ६ दशक लामो यात्राले के संकेत गर्छ? परिपक्व, जुझारु, पूर्ण व्यावसायिक योजना, चुस्त दुरुस्त एवं आर्थिक रूपबाट सक्षम । तर मुलुककै ध्वजावाहक नेपाल वायुसेवा निगमका हकमा भने यो पूरै उल्टो देखिएको छ। आफ्नो व्यावसायिक यात्रामा करिब ६० वर्षमा पुग्दा निगम अहिले चर्को वित्तीय संकटमा छ। न यो परिपक्व बन्न सकेको छ न पूर्ण व्यावसायिक ।

अब प्रहरीमा निःशुल्क एसएमएस

नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि निःशुल्क एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । १३औं महानगरीय प्रहरी दिवस मनाउने क्रममा नेपाल प्रहरीले नागरिकबाट दैनिक सूचना लिने कामलाई सहज बनाउने उद्देश्यले निःशुल्क एसएमएस सेवा सुरु गरेको हो।

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् ।

भुक्तानी प्रक्रिया नमिल्दा हतियार खरिदमा ढिलाइ

नेपाली सेनाले शान्ति मिसनमा खटिने सैनिकका लागि अमेरिकाबाट ल्याउन लागेको एम–१६ सिरिजको हतियार खरिदप्रक्रियामा ढिलाइ भएको छ ।

दानमा वक्रदृष्टि

नेपाल प्रहरीलाई दान दिएको जग्गामा सरकारको वक्रदृष्टि परेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) रहेको जग्गा सरकारले लिन लागेको छ । एकेडेमी सञ्चालनका लागि पूर्वप्रहरी उपरीक्षक (एसपी) कृष्णभक्त श्रेष्ठले केही रोपनी जग्गा दान दिएका थिए । साथै प्रतिष्ठान रहेको अरू जग्गा पनि सरकारले उनकै परिवारबाट लिएको हो।

‘साइनो’ गाँस्दै भुवन चन्द

दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन्।

नेविसंघको कार्यकाल दुई महिना थप, पौडेलदेखि गगनसम्मको असहमति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो।

‘सरकार भ्रष्टाचार र माफियाको चक्रव्युहमा फस्यो, धेरै अपेक्षा नराख्नुस्’

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले नेपाली जनता आत्तिसकेको बताएका छन्। सरकार जनताले दिएको म्याण्डेट पुरा गर्न भन्दा नेता कार्यकर्तालाई भर्ती गराउने कार्यमा लागेको उनले आरोप लगाए। ‘ओली सरकार जनताका लागि होइन’, उनले भने, ‘पार्टी भित्रका नेता तथा कार्यकर्ताका लागि हो। त्यसमा अझै पुराना एमाले।’

सरकार पूर्ण रुपमा असफल : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्। कांग्रेस कपिलवस्तुद्वारा आइतवार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘न शान्ति सुरक्षा प्रदान गर्न सकेको छ, नत जनजीविकाको सवालमा केही गर्न सकेको छ।’ सरकारका गतिविधि राजनीतिक अस्थिरता बढाउन र संघीयता असफल बढाउन उद्दत रहेको उनको आरोप छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगः पुलिस र मछिन्द्रकाे बराबरी

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोल रहित बराबरी खेलेका छन्।

कांग्रेसमा एकताको विकल्प छैन : श्रेष्ठ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्। अाइतवार पाेखरामा आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उदघाटन गर्दै उनले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए।

श्रद्धाञ्जलिको सार्थकता

केही दिनअघि नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको देहवसानमा शोक प्रकट गर्न बार भवनको प्रांगणमा उनको पार्थिक शरीर राखेर श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था गरेको थियो । न्याय तथा कानुनी परिसरमा विशिष्टतम् स्थान बनाउन सफल श्रेष्ठको देहावसानबाट यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

‘नेपाल अब आर्थिक समृद्धिको यात्रामा’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन्।

नेपाल बैंक ८२ वर्षमा

नेपाल बैंक लिमिटेड ८२औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउँदो प्रविधिमैत्री बनाई दुर्गम, सुगम सबै क्षेत्रमा लैजान आग्रह गरे।

एकसाथ तीन प्रतियोगिता

सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’को आयोजक एक्सपोज नेपालले एकसाथ ‘मिस राजधानी २०१८’, ‘मिष्टर राजधानी २०१८’ र ‘मिसेस राजधानी २०१८’ आयोजना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्