१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्थायी कमिटी बैठकका लागि दोस्रो तहका नेताको लबिङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरूले तत्काल स्थायी कमिटी बैठक राख्न पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको पाँच महिना बित्दासमेत स्थायी कमिटी बैठक नबोलाएपछि रुष्ट दोस्रो तहका नेताहरूले बैठकका लागि लबिङ सुरु गरेका हुन्।

देश निर्माणमा निस्वार्थ भावनाले लाग्न इन्जिनियरलाई आग्रह

समृद्ध नेपालको प्रमुख शक्ति इन्जिनियर भएकाले प्राविधिकलाई अब देश निर्माणमा निःस्वार्थ रुपमा लाग्न आह्वान

नेविसंघको विवाद आइतबार टुङ्गो लाग्ने

नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ। नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो।

सडक सञ्जालमा जोडियो दुनै

नेपाली सेनाको एक दशक लामो प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ। जाजरकोटको पासागाढबाट सुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो।

विकृतजन्य अभ्यास हटाइन्छ : नेपाली सेना

नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ।

पाँच वर्षमा ७ हजार महिला तथा बालबालिकाको उद्धार

नेपाल प्रहरीले ५ वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका ७ हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ।

बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

बहुराष्टिय कम्पनी सूर्य नेपाल प्रालि नेपालको सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ भने व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा बनेका छन्। सूर्य नेपाल यस अघि २ पटक र जबरा ५ पटक सोही विधामा उत्कृष्ट बनिसकेका छन्।

थानकोटको चन्द्रागिरीमा ‘समुदाय प्रहरी पालिका समिति’ गठन

नेपाल प्रहरीले सुरू गरेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत चन्द्रागिरी नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीको संयोजकत्वमा ३३ सदस्य समिति गठन गरिएको हो।

दुइतिहाईको दम्भमा लाद्न खोजिएको अधिनायकवाद रोक्न जरुरी : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भमा अधिनायकवाद लाद्न षडयन्त्रमा लागेको आरोप लगाएका छन्। यसका कारण लोकतन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै नेपालमा शिर उठाउन खोजिरहेको अधिनायकवादलाई रोक्न जरुरी रहेको उनले टिप्पणी गरे।

‘सरकार जुनतारा झार्ने कुरा गर्छ, काम भने शून्य छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन्। सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी रहेको सुनाउँदै नेता केसीले भने, ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ। निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो। तर, अहिले काम गर्न सकेको छैन्। अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ।’

माथिल्लो अरुणलाई ठेकेदार छनोट गरिँदै

नेपाल विद्युत् प्राधिकरणले संखुवासभास्थित माथिल्लो अरुण जलविद्युत आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको छ ।

वायुसेवा निगम उच्च वित्तीय जोखिममा

लामो समयदेखि ग्राउन्ड हेन्डलिङ (भूमिस्थ सेवा) को आम्दानीबाट बाँचिरहेको नेपाल वायुसेवा निगम नयाँ दुई जहाज खरिदसँगै उच्च वित्तीय जोखिममा पुगेको छ।

विघटनको संघारमा नेविसंघ

माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्