१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

देश निर्माणमा निस्वार्थ भावनाले लाग्न इन्जिनियरलाई आग्रह

विराटनगर– नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी निर्वाचनका लागि प्रदेश १ मा नेकपा निकट इन्जिनियरको उम्मेदवारी घोषणा गरिएको छ। 

नेपाल इन्जिनियर्स एशोसिएसनका केन्द्रीय अध्यक्षका उम्मेदवार प्रा डा त्रिरत्न बज्राचार्य, महासचिवका उम्मेदवार छवि पोखरेल, उपमहासचिवका उम्मेदवार कपिल आचार्यको उपस्थितीमा ढकेन्द्र बमको नेतृत्वमा प्रदेशका सबै पदको उम्मेदवारी घोषणा गरिएको हो। 

प्रदेश अध्यक्षको औपचारिक उम्मेदवार घोषणापछि बमले आम युवा इन्जिनियरको भावना अनुरुप केही गरेर देखाउन आफ्नो उम्मेदवारी रहेको बताए। 

केन्द्रीय अध्यक्षका उम्मेदवार बज्राचार्यले आम इन्जिनियरको साझा संस्थाको रुपमा एनईएलाई विकास गरिने र इन्जिनियर कोष, इन्जिनियर हाइड्रो, स्टाफ कलेज, रोजगार केन्द्र आफ्नो प्राथमिकता रहने बताए। 

इन्जिनियर्स एशोसिएसनको मङ्सिर २८ गते हुँदैछ।

देश निर्माणमा लाग्न इन्जिनियरलाई आग्रह

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले समृद्ध नेपालको प्रमुख शक्ति इन्जिनियर भएकाले प्राविधिकलाई अब देश निर्माणमा निःस्वार्थ रुपमा लाग्न आह्वान गरे। उनले नेपालमा अब ठुला परियोजनाको शुभारम्भ भएको हुँदा इन्जिनियरसँग पार्टी र आम जनताको ठूलो अपेक्षा रहेको बताए।

नेकपा केन्द्रीय सदस्य गोपी अछामी तथा प्रदेश सभा सदस्य राज कुमार ओझा, अनेरास्ववियुका केन्द्रीय सचिव मक्कर खड्का, पिन केन्द्रिय सदस्य सन्जिब रोकाहा लगायतले सफलताको शुभकामना दिएका थिए।

प्रकाशित: १ मंसिर २०७५ १६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App