व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज
चौबिसै घण्टा प्रहरीको उपस्थिती रहने नेपालगन्जको व्यस्त सडक पुष्पलाल चोकमै बिहीबार दिउँसो बम फेला परेकाे छ। कपडाले बेरिएको राेखेकाे अवस्थामा उक्त बम फेला परेकाे हाे।
चौबिसै घण्टा प्रहरीको उपस्थिती रहने नेपालगन्जको व्यस्त सडक पुष्पलाल चोकमै बिहीबार दिउँसो बम फेला परेकाे छ। कपडाले बेरिएको राेखेकाे अवस्थामा उक्त बम फेला परेकाे हाे।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलियाँले भेटवार्ता गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन्।
अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४.३ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम (आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।
अधिकतर नेपाली भू–भाग रहेको नेपाल–भारतको सिमानामा पर्ने पर्यटकिय गन्तव्य सन्दकपुरमा पर्यटककको ओइरो लागेको छ। हिउँद लागेसँगै मौसम, आकाश र हिमाल मजाले खुलेको छ। मोहित तुल्याउने सुर्योदयको दृश्य देख्न थालिएको छ।
बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन।
‘गङ्गनम स्टाइल’ गीतका गायक पीएसवाई नेपाल आउने भएका छन्। नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा प्रस्तुति दिन पीएसवाई कोरियन व्याण्डसँगै नेपाल आउन लागेका हुन्।
सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने अन्तर्राष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ। जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा सहकार्य गर्न तत्कालिन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्।
मुलुकको पेट्रोलियम कारोबारमा महत्वपूर्ण मानिए पनि मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना बनाउन करिब दुई दशक कुरा मात्र गरियो । नेपालले उच्च प्राथमिकता दिएको यो परियोजना बनाउन भारतको दोधारे नीतिका कारण यति धेरै समय लागेको थियो ।
राष्ट्रिय गौरवको आयोजनामध्येको काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्र्याक) को संसद्का दुई समितिले अनुगमन गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याकको सेनाकै खर्चमा राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनुगमन गरेका हुन्।
बंगलादेशविरुद्ध मंगलबार भएको समूहको अन्तिम खेलमा बराबरीको नतिजाका बावजुद नेपाल २०२० टोकियो ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ ठुलोभार्खुका आगलागी पीडितलाई नेपाली सेनाले राहत वितरण गरेको छ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन चितवनले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसदमा दिनुपर्थ्याे त्यो नभएकाे भन्दै अाक्राेश पाेखे। वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपर्थ्याे तर त्यस्तो भएन।”
जापानको टोकियोमा हुने ओलम्पिक छनोट अन्तर्गत एशिया क्षेत्रको अन्तिम खेलमा नेपालले आज बगलादेशसँग खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे हुनेछ।