‘जहाँ नारीलाई देवीसरह पुजिन्छ त्यहीँ किन बढ्दैछ बलात्कार ?’
विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसम्म कसरी पुर्याउन सकिन्छ भनेर जिज्ञासा राखे।