९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘प्रकृतिलाई बिगारेर होइन, सिँगारेर विकास गर्नुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वानसमेत गरिन्।

चाँगुनारायणको गौरबको योजनामा ठेकेदारको लापरबाही

वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।

उपभोक्ता समितिसँग डेढ लाख घूस माग्ने दुई वडा सदस्य पक्राउ

उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिश गरिदिए वापत रु. १ लाख ५० हजार माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले पक्राउ गरेको थियो।

उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि

उपभोक्ता समितिबाट गरिने निर्माणमा हुने विकृति र विसंगति रोक्न सहरी विकास मन्त्रालयले नयाँ कार्यविधि बनाउन लागेको हो। कार्यविधि नबन्दासम्मको लागि उपभोक्ता समितिमार्फत गरिने निर्माण रोक लगाउन पनि निर्देशन दिइएको छ।

भारतसँगका सात नाकामा फलफूल र तरकारीमा विषादी परीक्षण सुरु

विभागले सात भन्सार कार्यालय नजिकै परीक्षण गर्ने व्यवस्था मिलाएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा मार्फत परीक्षण सुरु गरिएको छ।

६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्।

सेल्सबेरीलाई ५० हजार जरिवाना

अनुगमनका क्रममा बेरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएको जानकारी गराए।

किन फरक तरिकाले मनाउने यो दसैं?

बजारसँग व्यापारी र चाडपर्वसँग उपभोक्ता जोडिन्छन्। चाडपर्वमा सामान्य अवस्थामा भन्दा बढी किनमेल हुन्छ। सामान्य जीवन व्यवहार चलाइरहेका आम नेपालीले चाडपर्वमा मात्रै भए पनि मिठो मसिनो र राम्रो लुगा लगाउने मानसिकता र परम्परा रहि आएको छ। यहि मानसिकता र परम्पराको गलत फाइदा उठाउने गरेको आरोप लाग्दै आएको छ नेपालको बजार र व्यापारीलाई।

भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गरे। सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उनले आरोप लगाए।

‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो।

नाका नखुल्दा उपभोक्ता र व्यवसायी निराश

नेपाल सरकारले लामो समयपछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा जोडिएका भारतीय नाकाहरु नखुल्दा सर्वसाधारण उपभोक्ताले निकै सास्ती भोग्नु परेको छ।

तलव नपाएको भन्दै कर्मचारी आन्दोलित

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु तलव नपाएको भन्दै आन्दोलित भएका छन्।

‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।

आपतकालीन उद्धारका लागि आवश्यक संरचना निर्माण गर्न माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराए।

विद्युतीकरण सम्पन्न भएपनि उपभोक्ताले मिटर पाएनन्

बाँकेको राप्तीपारी बिद्युतीकरण सम्पन्न भएको ६ महिना वितिसक्दा पनि नेपाल बिद्युत प्राधिकरणले उपभोक्तालाई मिटर दिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्