२ असार २०८१ आइतबार
image/svg+xml
समाज

उपभोक्ता समितिसँग डेढ लाख घूस माग्ने दुई वडा सदस्य पक्राउ

उपभोक्ता समितिसँग घूस माग्दै गर्दा दुई जना वडा सदस्य रंगेहात पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय रहेका छन्। उनीहरुलाई अख्तियार दुरुपयोग आयोगले रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

वडा सदस्यद्वय साह र रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिश गरिदिए वापत रु. १ लाख ५० हजार माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले पक्राउ गरेको थियो।

उनीहरुलाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ७ मा वडा सदस्य साहले सञ्चालन गरिरहेको कृष्ण इन्टरप्राइजेजबाट रकम सहित पक्राउ गरेको आयोगले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App