१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेल्सबेरीलाई ५० हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दसैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बेरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएको जानकारी गराए।

बस्नेत नेतृत्व टोलीले ललितपुरमा यही असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ। यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल रु. एक लाख ३५ हजार ५०० तिराइसकेको बताए।

बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए। 

प्रकाशित: २५ आश्विन २०७८ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App