तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा
पछिल्लो दुई सातायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्। तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ। दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ। यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ।