भेरीबाट पानीको भारी बोक्नुपर्ने बाध्यता हट्यो
जहरेबाट विवाह गरेर गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आइसकेपछि तारादेवी बुढाले लगातार ४० वर्ष भेरी नदीको पानी बोकिन्।
जहरेबाट विवाह गरेर गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आइसकेपछि तारादेवी बुढाले लगातार ४० वर्ष भेरी नदीको पानी बोकिन्।
भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ।
अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।
जनमत पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजनारायण कँडेलले भेरी अस्पताल सञ्चालक समितिको सदस्य नियुक्तिमा झुक्याएर आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भन्दै विरोध भएको छ।
भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका –७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।
सरकारले ९ अर्ब ९२ करोड रूपैयाँ खर्चेर तीनवर्ष अगावै भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १२.२० किलोमिटर सुरुङ तयार गर्यो।
योजनाको मूल्यांकन कम गरेको भन्दै सानीभेरी गाउँपालिका –३ घर भएका ठेकेदार तथा रुकुम (पश्चिम)का वाईसियल नेता गोविन्द ओलीले कुटपिट गरेका हुन्।
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।
भेरी किनारमा रहेको भेरीगांगा, लेकवेशी र गुर्भाकोट नगरपालिकालाई समेटिएर आधुनिक नमुना शहर आयोजना बन्न लागेको हो।
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ।
संसदीय व्यवस्थाबारे जानकारी दिने उद्देश्यले सुर्खेतमा आयोजना गरिएको बाल संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले बजेट प्रस्तुत गरेका छन्।
बहुप्रतिष्ठित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको एक्स–रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।