२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

‘कर्णालीका बालबालिकाले प्रस्तुत गरे संसद्मा बजेट’

संसदीय व्यवस्थाबारे जानकारी दिने उद्देश्यले सुर्खेतमा आयोजना गरिएको बाल संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले बजेट प्रस्तुत गरेका छन्।

उनीहरूले सो बजेटमा हाल २५ जिल्लामा मात्र सीमित रहेको बाल पोषण अनुदानलाई देशव्यापी विस्तार गर्न थप बजेटको व्यवस्था गर्नुपर्नेलगायतका विषय समावेश गरेका थिए। साथै सदनमा कर्णालीमा व्याप्त बालविवाह, विकास निर्माण कार्य, बाल अधिकार मुद्दाका साथै देशका समसामयिक विषयमा आआफ्ना धारणा राखेका थिए।

संसदीय व्यवस्थाबारे जानकारी दिने उद्देश्यले सुर्खेतमा आयोजना गरिएको बाल संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले बजेट प्रस्तुत गरेका छन्।

युरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपाल, युएन वुमन, मित्र समाज, डेको नेपाल लगायतको संयोजनमा संघीय बाल संसद् कार्यक्रमअन्तर्गत संघीय संसद् सचिवालयले आयोजना गरेको नमुना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका २१ विद्यालयमा अध्ययनरत ४८ जना बालबालिका सहभागी थिए।

कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निर्वाह गरेका थिए। ‘संसद्मा के गर्छन् त? केकस्ता काम हुन्छन्? केकस्ता पद हुन्छन्; समग्रमा संसद् कसरी चल्छ भन्ने कुनै जानकारी थिएन मलाई’, कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाबाट सहभागी कल्पना आचार्यले बताइन्, ‘मलाई आफैं प्रधानमन्त्री, राष्ट्रपति भए जस्तै महसुस भयो। त्यसमाथि भविष्यमा राजनीतितिरै लाग्ने मेरो सोच छ। यो अभ्यासमा सहभागी हुँदा मेरो राजनीति यात्रालाई नै मलजल गरेको महसुस भयो मलाई।’

कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निर्वाह गरेका थिए।

भेरीगंगा नगरपालिका, सुर्खेतका अर्का सहभागी विकासराज गिरीले एउटा कुनै विद्यार्थी भोलि गएर सांसद नै हुँदा केकस्तो व्यवहार गर्नुपर्छ; अरू त अरू सभामुखलाई कसरी सम्मान गर्नुपर्छ भन्ने ज्ञान सिकेको अनुभव सुनाए।

कार्यक्रमका प्रमुख अतिथि सांसद अमरबहादुर थापाले सानै उमेरमा यस्तो तालिम पाउने बालबालिका निकै भाग्यमानी रहेको बताए। उनले भने, ‘सांसद बनेपछि प्रक्रिया बुझ्न सहज हुने छ।’

चार दिन चलेको यो नमुना बाल संसद् अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमा समेत सञ्चालन गर्ने योजना रहेको युनिसेफका सामाजिक नीतिविशेषज्ञ ठाकुर ढकालले जानकारी दिए।

‘यस्ता अभ्यासले बालबालिकाले संसद् कसरी चल्छ भन्ने थाहा पाउँछन् नै, साथमा राजनीतिप्रतिको उनीहरूको सकारात्मक धारणा आउने र समूहमा काम गर्दा, प्रस्तुत गर्दा र प्रश्न सोध्दा उनीहरूको मनोबल पनि बढ्ने छ।’

प्रकाशित: ३ वैशाख २०८० ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App