३ मंसिर २०८१ सोमबार
image/svg+xml

पूर्वनिर्णय उल्टाएर यतीलाई भाडामा दिएको स्वीकार

नेपाल ट्रस्टले श्वेत–पत्र जारी गर्दै थामसेर्कु प्रालिले पेस गरेको प्रस्ताव सच्याएर दरबारमार्गको जग्गा भाडामा दिइको स्पष्ट पारेको छ।

अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली

कात्तिक २६ गतेपछि ओली र नेपालबीच दर्जनपटक भेट भए पनि सम्बन्ध सुधारको संकेत मिलेको छैन। सातवटै प्रदेश प्रमुखको नियुक्तिमा नेपाल समूहका एकजना पनि नपर्नु, राष्ट्रियसभाको निर्वाचनमा वेदुराम भुसालबाहेक नेपाल समूहबाट कोही नपर्नुले पनि उनीहरुको सम्बन्धमा सुधार नआएको स्पष्ट छ।

नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्।

'यतीको पैसा र हेलिकोप्टरले पुर्‍याएको केक देख्ता घरले पनि अपमानित महसुस गर्‍यो होला'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुनदिन्न भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखे।

नयाँ मिस नेपालको खोजी

मिस नेपालको २०२० को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।

जहाज फर्किदा भरिभराउ यात्रु

अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ सुरु गरेको नेपाल वायु सेवा निगमले जापानको नारितामा गर्न लागेको व्यावसायिक उडानको टिकट बिक्री सन्तोषजनक रहेको जनाएको छ।

सोलु करिडोर प्रसारणलाइनको रुट नसर्ने

नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ।

कांग्रेसले माग्यो राजपा र समाजवादीको समर्थन

नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले मंगलबार संसद् अवरोध नगर्ने भएका छन्। गोकुल बाँस्कोटा प्रकरणमा फागुन ८ गते संसद् अवरोध गरेको कांग्रेसले यस प्रकरणमा दुई विपक्षी दल राजपा र समाजवादी पार्टीको समर्थन खोजेको छ।

पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व ?

नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको हो।

पार्टीले राम्ररी प्रतिपक्षको भूमिका खेल्न सकेनः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गरेका छन्।

कांग्रेस कम्युनिष्ट जस्तो प्रचारमुखी छैनः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अहिलेको ब्यबस्थालाई असफल पार्न खोजेको आरोप लगाएका छन।

रियालिटी साे ‘नेपाल स्टार’ काे तयारी

गायन रियालिटी सो ‘नेपाल स्टार’ हुने भएको छ। आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा कि इन्टरटेन्मेन्ट एन्ड रिसर्चका प्रमुख रवीन्द्रकुमार रिजालले नयाँ गायन रियालिटी सोबारे जानकारी गराएका थिए।

‘सरकारले नै नीतिगत भ्रष्टाचार तीव्र बनायो’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई तीव्र बनाएको भन्दै त्यसको खोजबिन गर्ने भएको छ।

एआइजी बन्न तानातान

नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ।

कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली समुदाय त्रसित

कोभिड–१९ भनिने कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियामा रहेका नेपालीहरुमा त्रास छाएको छ। पछिल्लो हप्ता कोरियामा कोरोनाको संक्रमणदर बढेको समाचार संस्था एएफपीले बताएको छ। कामको सिलशिलामा दक्षिण कोरियामा करिव ५० हजार नेपाली रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्