३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस कम्युनिष्ट जस्तो प्रचारमुखी छैनः सहमहामन्त्री महत

नुवाकोट - नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अहिलेको ब्यबस्थालाई असफल पार्न खोजेको आरोप लगाएका छन। नुवाकोटको बिदुरमा रहेको नुवाकोट बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले सरकारले संबैधानिक निकायलाई छायामा राखेर परिवर्तनलाई समाप्त पार्न खोजेको आरोप लगाए।

सरकार चरम भ्रष्टाचारको बाटोमा दौडिरहेको भन्दै जनताले दिएको अभिमत भ्रष्टाचार गर्नलाई नभएको बुझ्न पनि सरकारलाई आग्रह गरे। उनले कांग्रेस सकियो कांग्रेस देखिएन भनेर केही सत्ताधारी दलका कार्यकर्ताले टिप्पणी गरेको प्रसंग निकाल्दै कांग्रेस नसकिएको स्पष्ट पारे। उनले कांग्रेस कम्युनिस्ट जस्तो प्रचारमुखी नभएको पनि जिकिर गरे। डाक्टर महतले भने हामी काम गर्छौ, काम गरेपछि प्रचार आफै हुन्छ भन्ने मान्यतामा बिश्वास राख्छौं। फरक प्रसंगमा सहमहामन्त्री महतले शिक्षा जस्तो अमुल्य र दिगो रुपमा आफू सँग रहिरहने सम्पत्ति अरु नभएको तर्क गरे। महतले आफ्नो हैसियत बढाउने सबैभन्दा ठुलो सम्पत्ति पनि शिक्षा नै भएको जिकिर गरे।

प्रकाशित: १२ फाल्गुन २०७६ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App