१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

काठमाडौं- सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्।

श्वेतपत्र अनुसार नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ। १२ वटा जिल्लामा ट्रष्टको नाममा सम्पत्ति रहेको पोखरेलले बताए। ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, १ लाख ४८ हजार अमेरिकी  डलर र   ५० हजार पाउन्ड समेत रहेको छ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ। ट्रष्टको सबै भन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौंमा रहेको छ।

नियम अनुसार नै लिज नविकरण गरिएको र दिइएको पोखरेलले बताए। गोकर्ण रिर्सोटको म्याद अवधी पनि नियम अनुसार ट्रष्टलाई फाइदा पुग्नेगरी गरिएको उनले बताए।

 ट्रष्ट सम्पत्ति खोज्ने काम पनि भइरहेको पोखरेलले बताए। २०६४ सालमा नेपाल ट्रष्ट बनाएर राजा वीरेन्द्र र उनका परिवारको नामबाट सम्पत्ति ट्रष्टमा ल्याइएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७६ ११:१२ मंगलबार

नेपाल_ट्रष्ट सरकार सम्पत्ति