२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ।

पुरानो पिच नयाँ ग्राभेलमा प्रयोग

हुलाकी राजमार्ग अन्तर्गतको वीरगन्ज–कलैया–बरियारपुर खण्डको निर्माणमा ठेकेदार कम्पनीले पुरानै ग्राभेल र गिटी प्रयोग गरेको फेला परेको छ। एक फिट मोटाइ र १२ मिटर चौडाइको सडकमा नयाँ ग्राभेल राख्नुपर्ने सम्झौता गरे पनि कम्पनीले पहिलाको कालोपत्रे उप्काएको फोहोरसहितको ग्राभेललाई एक ठाउँबाट उठाएर अर्को ठाउँमा प्रयोग गरेको फेला परेको हो।पहिलादेखि लगभग आठ मिटर हाराहारीमा चौडा रहेको बरियारपुर–कलैया–वीरगन्ज सडकलाई अहिले नालाबाहेक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ।

रोकिएन सुनकोसी दोहन

व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्।

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

टेलरवाला ट्याक्टरले बढाउँदै दुर्घटना

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पसाहा पुलनजिक राखिएको ट्याक्टरको टेलरमा गत शनिबार सरकारी जिप ठोक्किँदा त्यसमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो भने प्रमुख जिल्ला अधिकारी (बारा) का गणेश भट्टराई गम्भीर घाइते भए। बा १ झ १६३३ नम्बरको उक्त जिप दुर्घटनामा घाइते भएका चालक जगत पटेल, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ पनि घाइते भए। प्रमुख जिल्ला अधिकारी भट्टराईको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

पुल निर्माण नहुँदै उद्घाटन

कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।

कारबाही गर्ने ट्राफिकले रक्तचाप चेक गर्दा चालकहरू दंग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा ट्राफिक प्रहरीले मोटरसाईकल रोकेर कागजात मागेपछि सलेमपुरका सरोजकुमार यादवले लाइसेन्स, ब्लुबुक देखाए। लगत्तै ट्राफिकले तपाँई ओर्लनुस् त भन्दै च्याप्प समातेर छेउमै रहेको कुर्सीमा बस्न भनेपछि यादवले डराउँदै भने, ‘हैन यो के गरेको, सबै कागजपत्र त देखाई सके त।’

राेकी राखेकाे बसलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै तीनजनाको मृत्यु

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ काे बाके जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ना५ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर रोकेको ना४ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

जुम्लामा चालकको स्वास्थ्य परीक्षण

कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्यमा आउन सक्ने खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गरिएको हो। जिल्ला ट्राफिक कार्यालय जुम्लाको पहलमा कर्णाली यातायात व्यवस्था कार्यालय, नेपाल नेत्रज्योती संघ जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा जुम्ला बसपार्कमा स्वास्थ्य शिविर राखेर चालकहरुको स्वास्थ्य परीक्षण गरिएकाे ट्राफिक प्रमुख माधव रावतले जानकारी दिए ।

वडा कार्यालयका लागि दुई करोडको जग्गा दान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकाको वडा नं. ९ को कार्यालय स्थापनाका लागि एक परिवारले पाँच कठ्ठा जग्गा दान गरेको छ। वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि स्थानीय नरेन्द्रकुमारी खत्री (केसी)को परिवारले उक्त जग्गा निःशुल्क उपलब्ध गराएको हो।

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया मार्नुपर्थ्याे,’ दिउँसो साढे एक बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दै थिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ।’

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम

धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।

यसरी हुँदैछ मदन भण्डारी राजमार्गको निर्माण (फोटो फिचर)

धरान-चतरा-सिन्धुली-हेटौँडा सडकको निर्माणकार्य तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग ( धरान-चतरा-सिन्धुली-हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको हो।

जुम्लाका ग्रामिण सडकमा ट्राफिक निगरानी बढ्दै

कर्णाली राजमार्गको खलंगा-नाग्म सडक खण्डमा ट्राफिक नियम कार्यान्वयनमा कडाई गरेको जुम्ला ट्राफिक कार्यालयले अहिले ग्रामिण सडकमा निगरानी बढाउन थालेको छ। राजमार्गको सडकमा बिभिन्न स्थानमा प्रहरी चौकीमा ट्राफिक प्रहरी राखेर चेकजाँच भईरहेकोमा ग्रामिण सडकमा पनि प्रहरी नजर पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्