२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मापदण्डविपरीत उत्खनन

कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ। दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वरमा रसुवा/सूर्य जेभीमार्फत बन्न लागेका पुल र सडकका लागि सो क्रसर स्थापना गरिएको हो।

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना ५ ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको बा १९ च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन्।

चितवन–तनहुँ जोड्ने मुग्लिनको पुल अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन र तनहुँको बेनिटार जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले सञ्चालनमा रहेको पुलनजिकै अर्को पुल निर्माण गरिएको हो।

हुलाकी सडकमा सरकारी लापरबाही

सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

भ्रमणमा निस्किएकाे बस पल्टियाे, तीनको घटनास्थलमै मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।

अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै विपी राजमार्ग अवरूद्ध

सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै शनिबार विपी राजमार्ग अवरूद्ध गरिएको छ। नेपाली काँग्रेसबाट निर्वाचित उक्त गाँउपालिका अध्यक्ष कर्ण थापामगरमाथि कार्यकक्षमै दुर्व्यवहार भएको र दुर्व्यवहार गर्नेलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै नेपाली काँग्रेसले विपी राजमार्गसहित जिल्लाभर विभिन्न स्थानमा यातायात अवरोध गरि बन्द गरेको हो।

विपी राजमार्गमा सवारी आवागमन बन्द

विपी राजमार्गसँगै जिल्लाभर विहीवार बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ। प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो।

डडेल्धुरामा बस दुर्घटना हुँदा २६ घाइते, बस चालक नियन्त्रणमा

डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

रोल्पा नछोएरै जान्छन् ठूला योजना

१ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले रोल्पालाई छोएन। चुरे र मध्यपहाडी जिल्लालाई समेट्ने यो राजमार्ग पूर्णरूपमा निर्माण भइसकेको छैन। उक्त मार्गले जिल्लाका उत्तरी छिमेकी जिल्ला बाग्लुङ, रुकुम पूर्व र रुकुम पश्चिमलाई जोडेको छ।

विप्लव समूहका अर्का नेता कालिकाेटबाट समातिए

विप्लव समूहका फेरि अर्का नेता पक्राउ परेका छन्। विप्लवको बुद्धजीवी परिषद् संगठन भनिने भ्रातृ संगठका भेरी कर्णाली अध्यक्ष धनराज शाही समातिएका कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए।

बिपी राजमार्ग नै उच्च जोखिममा

सुनकोसी नदीमा सञ्चालित मापदण्डविपरितका क्रसर उद्योगका कारण बिपी राजमार्ग उच्च जोखिममा परेको छ। राजमार्गकै छेउमा बालुवा प्रशोधन उद्योगको नाममा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी उत्खनन गर्दा बनेपा–सिन्धुली–बर्दिबास सडक धसिने अवस्थामा पुगेको हो।

जथाभावी नदी उत्खननले बीपी राजमार्ग जोखिममा

व्यवसायीहरुले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन गरी दोहन गरेको गुनासो बढेपछि सुनकोसी गाउँपालिकास्थित सुनकोसी नदीमा सञ्चालित केही बालुवा उद्योगमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो।

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ।

साढे छ किलोमिटर मात्रै मापदण्डअनुरूप

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटर मात्रै मापदण्डबमोजिमको हुने भएकाटहरी बजारदेखि उत्तर तरहरा बजारसम्मको सडक–खण्ड मापदण्डअनुसारको हुनेछ भने बाँकी खण्डमा मापदण्ड मिचिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्