२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

धादिङमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले  विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

गुड्दै गरेको बसमा आगलागी

काठमाडौंदेखि जुम्ला जाँदै गरेको कर्णाली यातायातको बसमा आगलागी भएको छ। शनिबार विहान साढे ११ बजेतिर बराहताल गाउँपालिकाको मसिना नजिकै गुडीरहेको बसमा आगलागी भएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए।

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

उखु बोकेका सवारी साधनको चापका कारण राजमार्गमा दुर्घटना बढ्ने, राजमार्ग जामहुने लगायत समस्याबढेको छ।उखु बोकेका ट्याक्टरको ट्रेलर, टायरगाढामा पछाडि टल्कने वस्तु वाब्याकलाइट नहुने भएका कारण राती पछाडिबाट आउने अन्य सवारी साधन ठोकिने गर्दा दुर्घटनाको समस्या बढेको छ।

नदी उत्खनन् गर्दा बस्ती जोखिममा

कर्णाली नदी फर्काएर ढुंगा बालुवा उत्खनन् गर्दा टीकापुर–८ स्थित श्रीलंका बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ। अनियन्त्रित तरिकाले ढुंगा, बालुवा उत्खनन् गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो।

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ। वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ। सडकमा गाडी गुड्दैनन्।

बस र सुमो आपसमा ठोक्किँदा ६ घाइते, एकको अवस्था गम्भीर

मध्य पहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका छन।

रोकिएन नदी र चुरे दोहन

धनुषा र सिरहाको साझा नदी कमला नदीमा पछिल्लो समय जोतेर ढुंगा निकाल्ने क्रम बढेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा पर्ने कमला पुलदेखि उत्तर नदीभरि ट्याक्टरको कारेसोले जोतेर ढुंगा निकाल्ने गरिएको हो। यसरी निकालिने बोल्डर साइजका ढुंगा विभिन्न क्रसर उद्योगमा पु¥याउने गरिएको छ।

जिप दुर्घटनामा दुईको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पृथ्वी राजमार्गमा जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

तनहुँको पृथ्वी राजमार्गमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै दुर्घटना भएको हो ।

बीपी राजमार्गमा टाइमकार्ड लागु नगरेपछि छड्के चेकिङ

बीपी राजमार्गमा अत्याधिक दुर्घट्ना हुन थालेपछि गति सिमित गरि दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ। दैनिक दुर्घटना बढ्दै गएपछि तिब्र गतिकै कारण दुर्घट्ना भएको निष्कर्ष सहित ट्राफिक प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरि ट्राफिक व्यवस्थापनमा जुटेको हो।

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका ग्रामीण क्षेत्रका सडकमा चोरीका मोटसाइकल जताततै गुड्न थालेका छन्। दुई नगर र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थान सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा तथा मध्यपहाडी लोकमार्ग भएर चल्ने धेरैजसो मोटसाइकल बिना लाइसेन्स र ब्लुबुकका हुने गरेको पाइएको छ।

जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग

समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ। राजमार्गको कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो। लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन्। यिनै खाल्डोमा परी दिनहुँजसो सडक दुर्घटना हुने गरेको छ। सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौंको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन्।

यात्रुबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा यात्रुबसको ठक्करबाट बिहीबार मोटरसाइकल चालकको मृत्यु भएको छ।

लागुऔषध ट्रान्जिट बन्दै पृथ्वी राजमार्ग

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो

दुर्घटनामा १४ यात्रु घाइते

तनहुँमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। बिहीवार पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–३ धयरेमा दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्