१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

किसानलाई निःशुल्क कृषि एम्बुलेन्स

कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

साहित्यकार आचार्य सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चले साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन्।

स्थानीय तहमा ‘नियन्त्रण संयन्त्र’

शक्ति तथा स्रोत/साधनको केन्द्रीकरण नहोस् र विकासको प्रतिफल सबै भागमा समानतवरले पुगोस् भन्ने मनसायले मुलुकमा संघीय संरचना लागु गरिएको हो।

सीधा यातायातले जोड्याे खोटाङ र सोलुखुम्बु

सीधा सडक यातायातले खोटाङ सदरमकुाम दिक्तेल र सोलुखुम्बुको सुकेपोखरी जाेडिएपछि स्थानीय खुसी भएका छन्।

भूकम्पपीडित राहत काेषमा सवा १५ करोड संकलन

सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोड २८ लाख रूपैयाँ संकलन भएको छ।

नक्कली प्रहरी नियन्त्रणमा

आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो।

बालिका बलात्कार आरोपमा युवक पक्राउ

आफन्तको घर आएकी ९ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ लालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका हुन्।

सहकारीमा रकम घोटाला: श्री एयरलाइन्सका क्यापटेनसहित ५ जना प्रहरी नियन्त्रणमा

खोटाङ प्रहरीले बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई पक्राउ गरेको छ।

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

खोटाङको रावाबेंसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ।

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो।

पर्यटक बोलाउँदै घुमन्ते

‘घुमन्ते’ले आफ्नो सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा नेपालका विभिन्न ठाउँहरू घुमेका भिडियो राख्छ र ती ठाउँहरूको प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटी सुन्दर भिडियोहरूमार्फत पर्यटन प्रवर्धन गर्छ।

खोटाङको खार्मीमा आगलागी हुँदा ३२ लाख क्षति

खोटाङ सदरमुकाममा आगलागी हुँदा ३२ लाख बढीको धनमाल जलेर नष्ट भएको छ। दिक्तेल रूपाकोट मझुवागढी–१ स्थित खार्मीका मानबहादुर मगरको घरमा दिउँसो आगलागी हुँदा उनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्