६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटक बोलाउँदै घुमन्ते

घुमफिर

बस यात्रामा त ७७ जिल्ला पुगिसकेका छन्। तर त्यस ठाउँको सामाजिक, सांस्कृतिक, भौगोलिक सम्भावना एवम् पर्यटन प्रवद्र्धन गर्न निश्चित समय र लगावले भने उनी लगभग ६६ वटा जिल्ला घुमिसकेका छन्।

‘अस्ति भर्खर नेपालको नक्सा हेर्दै ठाउँ गन्दा ६६ जिल्ला पुगेकोजस्तो लागेको छ,’ ‘घुमन्ते’ अर्थात् कञ्चन राईले भने, ‘पूर्वको संखुवासभा, पश्चिममा हुम्ला, बागलुङ, गुल्मी लगायत ठाउँहरूमा खोजी बाँकी छ। संखुवासभा नपुगेको भने होइन तर मज्जाले खोजी अझै बाँकी छ।

‘घुमन्ते’ घुम्‍ने रहर भएकाहरू मिलेर बनेको समूह हो। यसको युट्युबमा २ लाख ३३ हजार सब्सक्राइबर, फेसबुकमा ५५ हजार, इन्स्टाग्राममा ८९ हजार, टिककटमा लगभग ९८ हजार फलोअर्स छन्। घुमन्तेले आफ्नो सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा नेपालका विभिन्न ठाउँहरू घुमेका भिडियो राख्ने गर्छ र ती ठाउँहरूको प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटी सुन्दर भिडियोहरूमार्फत पर्यटन प्रवर्द्धन गर्छ।

बसयात्रामा त ७७ जिल्ला पुगिसकेका छन्। तर त्यस ठाउँको सामाजिक, सांस्कृतिक, भौगोलिक सम्भावना एवम् पर्यटन प्रवर्द्धन गर्न निश्चित समय र लगावले भने उनी लगभग ६६ वटा जिल्ला घुमिसकेका छन्।

घुमन्तेको परिकल्पना खोटाङका कञ्चन राईले गरेका हुन्। ‘घुमन्ते’ अर्थात् कन्चन राई सानैदेखि घुम्न मन पराउने। खोटाङको जाल्पामा जन्मेका उनी बाल्यकालदेखि नै काठमाडौंमा बसेका हुन्। सानैदेखि उनलाई वनजंगल, डाडाँपाखा, गाउँघर मन पर्ने। पिकनिक या घुम्दा, डुल्न होस् या प्रकृतिमा रम्न, उनको छुट्टै लगाव थियो।

तस्बिर सभारः घुमन्ते

सानोमा स्कुल बिदा भएर आमासँग गाउँ गएका बेला उनलाई गाउँघरको वातावरण एकदमै रमाइलो लाग्ने। सानै भए पनि पहाड घर जाँदा पर्ने जंगलको बाटो, गाउँको माटो, बारी, उनलाई जानी नजानी सामीप्य महसुस हुने। ‘सानोमा खोटाङ घर जादाँ जंगलको बाटो, रुखविरुवाको शीतलता, चराचुरुंगीको आवाज, भिरपाखा, प्रशस्त माटो, बारी एकदम मनपर्ने।’

उनले भने, ‘गाउँको घर जाँदै गर्दा लेक मन पर्ने। हुस्सु लागेको मौसम, जंगल डाँडामा हावा आइरहन्थ्यो, त्यसै मन पर्ने। कसैले राम्रो भनेको भनेर हैन, किन किन लेकको चिसो त्यसै मनपर्ने।’

उनले घुमघामको सुरुवात २०१३ देखि गरेका हुन्। त्यसभन्दा अघि उनी वेव डिजाइन थिए। साथीसँग मिलेर घुम्न गइरहने उनले घुमेको ठाउँको भिडियो खिचेर युट्युबमार्फत एक्सप्लोर गर्न थालेको भने सन् २०१५ बाट हो।

सुरुसुरुमा उनी साथीहरूसँग मिलेर आफै खर्च जुटाएर घुम्न जान्थे। ६/७ ठाउँ घुमिसकेपछि उनलाई घुम्नु रहरले मात्र नहुने भयो। हुन त उनलाई घुम्न पैसा चाहिन्छ भन्ने नभएको होइन तर अब घुम्नका लागि पनि थप पैसा आवश्यक पर्न थाल्यो र उनले पैसा जुगाड गर्न आफू घुमेको ठाउँको फोटो, भिडियो संकलन गर्न थाले। घुम्ने खर्च निकाल्ने हिसाबले आफ्नै तरिकाले फोटो, भिडियो खिच्न थाले र घुमेको अनुभव लेख्न थाले। त्यसपछि फेसबुक पेज र भ्लग बनाएर घुमेका ठाउँहरूको तस्बिर, भिडियो र जानकारीहरू राख्न थाले।

घुमन्तेको परिकल्पना खोटाङका कञ्चन राईले गरेका हुन्। ‘घुमन्ते’ अर्थात् कन्चन राई सानैदेखि घुम्न मन पराउने। खोटाङको जाल्पामा जन्मेका उनी बाल्यकालदेखि नै काठमाडौंमा बसेका हुन्। सानैदेखि उनलाई वनजंगल, डाडाँपाखा, गाउँघर मन पर्ने। पिकनिक या घुम्दा, डुल्न होस् या प्रकृतिमा रम्न, उनको छुट्टै लगाव थियो।

‘घुमन्ते’ समूह मिलेर गरेको उनको पहिलो यात्रा तिनजुरे गुफापोखरी हो। गुफापोखरी मिल्के, जलजले नै घुमन्ते समूहको पहिलो सामूहिक यात्रा थियो। ‘तिनजुरे गुफापोखरीको यात्रा एकदमै रमाइलो भएको भएको थियो,’ उनले त्यो यात्रा सम्झँदै भने, ‘अहिले घुम्न त्यति रमाइलो हुन्न, जति सुरुसुरुमा हुन्थ्यो। बेपरबाह घुमेर घुम्नुको आनन्द लिएका थियौं। सामान्य मानिसहरू जसरी घुम्न जान्छन्, त्यसरी गएका थियौं। त्यो बेला बादल लागेको थियो। हिमाल देखिएन, मौसमले साथ दिएन, बादल थियो, ठाउँठाउँमा हिँड्न सकिरहेका थिएनौं तर गज्जब रमाइएको थियो।’

ब्रान्ड भएर घुमरिहँदा स्वतन्त्र रूपमा घुम्न नपाइने उनले बताए। ‘अहिले हामी निस्फिक्री घुम्न सक्दैनौं। जिम्मेवारी थपिएको छ। हाम्रो भिडियो हेरेर लाखौं मानिसले उत्सुकता र इच्छा जगाउने हुनाले सजग हुनुपरेको छ,’ उनले भने, ‘तर सबै कुरा स्थिर हुँदैन। त्यसले कुनै न कुनै स्वरूप लिन्छ। अहिले आफ्ना भिडियोहरूले मानिसलाई सकारात्मक प्रभाव र देशको पर्यटन प्रवर्द्धन गरिरहेको देख्दा आत्मसन्तुष्टि हुन्छ।’

‘घुमन्ते’ को युट्युब च्यानलमा अहिलेसम्म १ सय २३ वटा भिडियो छन्। नेपालको सातै प्रदेशको प्राकृतिक, सांस्कृतिक, धार्मिक, भाषिक पक्षहरूलाई समेटेर बनाएको जानकारीमूलक सुन्दर भिडियोहरू हेर्ने लाखौं मानिसहरू छन्। नेपालका सुन्दर पर्यटकीय सम्भावनाहरूको पाटोलाई संसारभरिका मानिसहरूले ‘घुमन्ते’को च्यानल र पेजहरूमार्फत हेर्छन् र प्रभावित भएर घुम्न जान्छन्।

सामाजिक सञ्जालमा पेज र ब्लग बनाउने भएपछि त्यसका लागि उनले विभिन्न नामहरू खोजे, सोचे। घुम्ने, डुल्ने विषयकै नाम राख्ने उनको सोच। उनले घुमफिर नाम सोचे तर अकुपाइड थियो। सोच्दा सोच्दा अनायासै नाम आयो, ‘घुमन्ते’।

‘सबै कुरा स्थिर हुँदैन। त्यसले कुनै न कुनै स्वरूप लिन्छ। अहिले आफ्ना भिडियोहरूले मानिसलाई सकारात्मक प्रभाव र देशको पर्यटन प्रवद्र्धन गरिरहेको देख्दा आत्मसन्तुष्टि हुन्छ।’

सामान्य बोलीचालीमा गाली गर्दा भनिने शब्द हो ‘घुमन्ते’। उनलाई यस नाम राख्दा दुविधा थियो। जब उनको दिमागमा ‘घुमन्ते’ नाम आयो, उनी नाम राख्न हिच्किचाए। ‘घुमन्ते’ नाम राखूँ कि नराखूँ भयो। ‘घुमन्ते’ नामलाई औपचारिकता दिन धेरै सकस पर्‍यो। तर स्वतः दिमागले टिपेपछि ‘घुमन्ते’ ले मूर्त रूप पायो।

‘अहिले पनि गाउँघरतिर जानुभयो भने घुमन्ते भनेको गाली हो, नराम्रो गाली होइन तर एक किसिमको गाली हो,’ उनले भने, ‘घुमन्ते भनेको एक हिसाबले लफंगा भनेजस्तो त हो नि, काम नगरी बरालिनेलाई भन्छ।’

‘घुमन्ते’ नामसँग उनका धेरै किस्सा छन्। अहिले नाम ब्रान्डिङ भएपछि यसलाई सामान्य लिएको उनको बुझाइ छ। उनीसँग पाँचथरमा जाँदा एउटा बाजेलाई घुमन्ते भनिदिनुस् न भन्दा बिछट्टै रिसाएको अनुभव छ।

बाजेले ‘हैट! त्यस्तो नराम्रो पनि भन्छ?’ भनेर बाजेले भनेको उनी सम्झन्छन्। भर्खरै धरानमा पनि एकजनालाई ‘घुमन्ते’ भनिदिनुहोस् भन्दा ‘किन घुमन्ते’ भन्ने जवाफ आएको थियो।

‘घुमन्ते’ नामसँग उनका धेरै किस्सा छन्। अहिले नाम ब्रान्डिङ भएपछि यसलाई सामान्य लिएको उनको बुझाइ छ। उनीसँग पाँचथरमा जाँदा एउटा बाजेलाई घुमन्ते भनिदिनुस् न भन्दा बिछट्टै रिसाएको अनुभव छ।

‘घुमन्ते नराम्रो गाली होइन तर एक हिसाबको गाली हो,’ उनी भन्छन्, ‘मेलै यो नामबारे धेरै सोचें तर घुम्ने मान्छे त घुमन्ते हो नि होइन?’ अहिले उनलाई यो नाम राखेको सही लाग्छ। ‘घुमन्ते’ बारेको नकारात्मकता केही हदसम्म कमी आएको छ। ‘यो शब्द आजकल अलि सजिलो र स्वीकार्य भएको छ,’ उनी भन्छन्।

पहिलो पटक सामान्य भिडियो बनाउँदा पनि ‘आहा! कति राम्रो बनाउनुभएछ, यो ठाउँबारे यति भए पनि थाहा पाएँ। त्यही ठाउँका केही मानिसले हाम्रो ठाउँ भिडियोबाट देखाइदिनुभएछ, धन्यवाद है!’ जस्ता प्रतिक्रियाको उपज आजको ‘घुमन्ते’ हो।

उनलाई नेपाललाई संसारमा चिनाउनुपर्छ भन्ने नै छैन तर जसले ‘घुमन्ते’को भिडियो हेर्छ, ती दर्शकहरूले जुन ठाउँको भिडियो हो, त्यस ठाउँका बारेमा आधारभूत जानकारी होस् भन्ने लाग्छ। ‘गुरुङ गाउँमा जाँदा गुरुङ समुदाय यस्तो हो, उनीहरूको संस्कार यस्तो हुन्छ, त्यहाँ यस्ता घुम्ने र हेर्ने कुराहरू छन् र त्यहाँ पुग्न लगभग यति खर्च, समय र यस्तो बाटो छ भन्ने समेट्छ हाम्रो भिडियोले,’ उनी भन्छन्, ‘मलाई अन्तर्राष्ट्रिय रूपमा यस्तो भनेर देखाउनेभन्दा पनि त्यो ठाउँमा जो जान चाहन्छन्, उनीहरूलाई त्यस ठाउँको इतिहास, किंवदन्ती, संस्कार, जीवनशैली, वातावरण, भौगोलिक अवस्थाबारे थाहा हुन सकोस्।’

संसारमा नेपाललाई चिनाउँछु भन्दा पनि जसले हेर्छ, उनीहरूलाई आवश्यक जानकारी होस् भन्ने उनलाई लाग्छ।

आजकल स्थानीय वा विदेशमा भएका मानिसले घुमन्तेलाई आफ्नो ठाउँ चिनाइदिन निम्ता दिने गर्छन्। आफ्नो ठाउँलाई पर्यटकीय प्रवद्र्धन गर्ने सम्भावना भएका मानिसले त्यहाँ जानलाई आग्रह गर्छन्। मान्छेमा यात्राका लागि एउटा पुस्ता लगभग तयार भइसकेको अवस्थामा घुमन्तेको भिडियोले उनीहरूलाई घुम्नका लागि थप लालायित र सहयोग गर्ने उनले बताए। 

प्रकाशित: ३० असार २०८० ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App