पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने
आज बुधवार दिउसो नेपालगञ्ज जान लागेका पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष आफ्नो जन्मोत्सव नेपालगञ्जमै मनाउने भएका छन् ।
आज बुधवार दिउसो नेपालगञ्ज जान लागेका पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष आफ्नो जन्मोत्सव नेपालगञ्जमै मनाउने भएका छन् ।
चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।
पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।
प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ।
फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को काठमाडौंमा निर्णायक चरण सम्पन्न भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएको क्लबले जनाएको छ। दुई चरणमा निर्णायकहरुबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन्।
केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए। ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाइ थियो।
जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने बताएका छन्।
अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।
जिप इन्डियाले उत्पादन गरेको ‘जिप कम्पास’ एक वर्ष नहुँदै भारतमा २५ हजार थान बिक्री भएको छ । यो जिप नेपालमा पनि चाँडै ल्याउन लागिएको छ । जिपलाई फियाट्को आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नेपाल ल्याउन लागेको हो।
मानव बेचविखनसम्बन्धी मूल्यांकनमा नेपालले यसपालि पनि दोस्रो तहमै निरन्तरता पाएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपालको स्तर नसुध्रिएको देखाएको हो ।
देशकै नामबाट खेल्नका लागि नेपाल फर्किएपछि क्रिकेटर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । टिनएजमै क्रिकेट खेलेरै विश्वमा पहिचान बनाउन सफल बनेका सन्दीपको बलिङ शैलीलाई उनको विशेषता मानिन्छ ।
सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।
ब्रिटिश काउन्सिलले १९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले १९ नेपाली स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्। पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।