२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले बताएका छन्।

सडकमा विमान खस्दा १० जनाको मृत्यु

मलेसियामा एक निजी विमान बिहीबार सडकमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका कार र मोटरसाइकलमाथि विमान खसेको थियो।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

दिउँसो २ बजेसम्म खुलेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, उडान प्रभावित

लगातारको वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। विहान ६ बजे नै खुल्ने विमानस्थल दिउँसो २ बजेसम्म पनि खुल्न नसकेको विमानस्थलले बताएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि उडान नियमति हुनका लागि ३८ सय मिटर भिजिविलिटी चाहिन्छ।

प्रतिकुल मौसमले एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ जहाज पनि फर्किए

भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्।

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

दिउँसो ३ बजे खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

निरन्तरको वर्षाले भिजिविलिटी नपुग्दा बिहानैदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेपछि मात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा हवाई उडान प्रभावित भएको छ। धेरैजसो उडान रद्द समेत भएका छन्। उडान रोकिँदा यात्रुलाई समस्या परेको छ।

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्।

नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।

के गर्ने?

विमानस्थलमा भन्सार, राजस्व, नेपाल प्रहरीलगायत ३५ भन्दा बढी निकाय सक्रिय छन्। तर यी सबै निकायको जानकारीबेगर सुन र अन्य वस्तु सहजै बाहिरिन्छ।

दुखीलाई दुःखकै भारी

कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको

गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भने मुसाले अप्ठ्यारो थपिदिएको छ। उड्न लागेको जहाजमा मुसा पसेको आशंकामा सोमबार घन्टौसम्म जहाजमा मुसा खोजि गर्नुपरेको छ।

धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेको अनुमान

पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ। धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस्दै गरेको देखेपछि उड्न ठिक्क परेको जहाज पोखरामै रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्