२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिउँसो २ बजेसम्म खुलेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, उडान प्रभावित

लगातारको वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। विहान ६ बजे नै खुल्ने विमानस्थल दिउँसो २ बजेसम्म पनि खुल्न नसकेको विमानस्थलले बताएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि उडान नियमति हुनका लागि ३८ सय मिटर भिजिविलिटी चाहिन्छ।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसकेको बताईन। ‘भिजिविलिटी जम्मा २ हजार मिटर मात्र छ। त्यसले गर्दा उडान गर्न सकिएको छैन’ उनले भनिन। उनका अनुसार वर्षासँगै कुहिरोले पोखरामा भिजिविलिटी घटाएको छ। शनिबार पनि वर्षाका कारणले दिउँसो ३ बजेमात्र विमानस्थल खुलेको थियो। विमानस्थल खुल्न ढिला हुँदा धेरै उडान रद्द भएका थिए।  

विमानस्थल खुल्न ढिला हुँदा आइतबार पनि यहाँबाट हुने उडान प्रभावित भएका छन्। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार पोखराबाट भैरहवा र नेपालगञ्जका उडान शनिबारदेखि हुन सकेको छैन। बुद्धले भैरहवा र नेपालगञ्जका लागि दिनको एउटाको दरले उडान राखेको छ। त्यस्तै पोखरा–काठमाडौं रुटका बुद्धका ६ वटा उडान रद्द भईसकेको बरालले बताए।  

‘काठमाडौंका ६, भैरहवा र नेपालगञ्जका गरि आठवटा उडान रद्द भएका छन,’ बरालले भने, ‘अब काठमाडौंका लागि ६ वटा मात्र उडान बाँकी छन्।’ शनिबार पनि अबेर गरि विमानस्थल खुलेपछि बुद्धले काठमाडौंका लागि ६ वटा उडान गरेको थियो। शनिबार यतीले पनि काठमाडौंका लागि सबै उडान रद्द गरेको थियो। आइतबार यतीले पोखरा–काठमाडौं रुटमा पाँचवटा उडान राखेको छ।

प्रकाशित: २८ श्रावण २०८० ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App