७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सुन तस्करी अनुसन्धान: माओवादीदेखि माओवादीसम्म !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र नौ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ।

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।

६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

घडीका पुर्जामा पनि सुन तस्करी

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ।

सक्कली डा. यादव भन्छन्- ‘अब कसैलाई यस्तो नहोस्’

‘मान्छेलाई गल्ती पाइनेभन्दा बढ्ता पीडा बिनागल्ती पाइने यातनाले हुँदोरहेछ, बिनादोष बदनाम हुनुपर्दा मन पोल्दोरहेछ।’यो भनाइ नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चार दिन प्रहरी हिरासतमा बिताएर आइतबार छुटेका सक्कली डाक्टर रञ्जितकुमार यादवको हो।

वास्तविक प्रतिवादी नपाइएपछि डा यादवलाई छाडियोः सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ।

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो।

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच छलफल भएको छ ।

‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘अपरेसन चार्ली फक्सट्रोट’ मा पक्राउ

प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायतर्फ नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी सिआइबीले प्रतिनिधिसभाका सभामुखलाई गराएको छ।

सुन तस्करीमा राजनीतिक साइनो खोज्दै सिआइबी

‘सिआइबीले अनुसन्धान सुरु गरिसकेको छ। समय छोटो भए पनि अनुसन्धान परिपक्व ढंगले गर्छाैं। सुन तस्करीमा संलग्न देखिएका सबैजना कानुनको दायरामा आउँछन्।’

प्रधानमन्त्रीकाे निर्देशन आइसक्यो,सुन प्रकरणको अनुसन्धान हामी गर्छौं: सिआइबी प्रमुख बज्राचार्य

राजस्व अनुसन्धान विभागले फाइल पठाउने बित्तिकै अनुसन्धान सुरु गर्ने एआइजी बज्राचार्यले जानकारी दिइन्।

सिआइबी राडरका व्यापारी बेपत्ता

सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्।

ललिता निवासको थुनछेक मुद्दामा बहस सकिएन

ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरूको सुनुवाइ नसकिएपछि बुधबार पनि ‘हेर्दाहेर्दै’मा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्