९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मोरङमा फैलियो वर्डफ्लू, ३३ हजार बढी कुखुरा नष्ट गरिंदै

मोरङका विभिन्न पालिकाका कुखुरा फर्महरूमा वर्डफ्लूको संक्रमण फैलिएको छ। 

जिल्लाको उर्लावारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाका फर्ममा  वर्डफ्लू पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङले जनाएको छ।  

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार सुन्दरहरैंचा नगरपालिका र उर्लावारी नगरपालिकाको कुखुरा फर्ममा वर्डफ्लू  संक्रमण पुष्टि भएको छ। उक्त फर्महरूका २७ हजार कुखुराहरू नष्ट गर्न टोलि खटाइएको छ।  

यस्तै कटहरी गाउँपालिकाका दुई वटा फर्ममा वर्डफ्लू संक्रमण पुष्टि भएको छ। एउटा फर्ममा कुखुरा नरहेको र अर्को फर्मको विषयमा अध्ययन भइरहेको जनाइएको छ। यस्तै विराटनगर ४ स्थित एउटा फर्मका कुखुरामा पनि वर्डफ्लू संक्रमण पुष्टि भएको छ। उक्त फर्ममा ६ हजार कुखुरा रहेका छन्। मोरङका विभिन्न पालिकामा रहेका कुखुराका फर्महरूबाट पनि नमूना परिक्षणका लागि आएको र ती नमुनाहरू परिक्षणका क्रममा रहेको यादवले जानकारी दिए।  

उनले संक्रमण पुष्टि भएका फर्मका सबै पन्छीहरू नष्ट गरिने, ती फर्महरूमा उत्पादन बन्द गरिने, चारकिल्ला तोकेर सिल गरिने लगायतका नियन्त्रणका उपायहरू अपनाइएको छ। वर्डफ्लू पन्छीबाट मानिसमा पनि सर्नसक्ने भएकाले सावधानी अपनाउन आबश्यक रहेको उनले बताए। अस्वस्थ कुखुरा तथा पन्छीहरू उपभोग नगर्न, कुखुरा तथा पन्छीहरूको मासु राम्ररी मात्रै खान यादवले सुझाव दिए। 

प्रकाशित: ८ चैत्र २०८२ १८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App