चैत १७ देखि सहकारीको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द हुने भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना निकालेर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द हुने जनाएको हो।
प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने स्पष्ट पारेको छ।
सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयावधिभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूलाई भने आगामी २०८३ वैशाख १७ गतेसम्म पूर्ण विवरण प्रविष्ट गरिसक्न प्राधिकरणले अनुरोध गरेको छ।
तोकिएको समयभित्र सबै विवरण प्रविष्ट गरेका सहकारी संस्थाको मात्र विवरण रुजु गरी इजाजत पत्र प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित: ९ चैत्र २०८२ ११:४० सोमबार





