६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको घरमा छापा मारेको हो।

हुन्डी र सुन तस्करी आरोपमा पोद्दार पक्राउ

हुन्डीको मुख्य कारोबार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्दारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई नियन्त्रणमा लिएको हो।

सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद (फाेटाे फिचर)

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको छ।

सुन तस्करीका नाइके गोरे, खत्री, भुजुङ र बाङ्गेल केन्द्रिय कारागारमा

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्री, भुजुङ गुरुङ, छिरिङ बाङ्गेल घलेलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई केन्द्रीय कारागारमा राखिएको छ।

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य नाइके भनिएका एमके भनिने भन्ने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ। कालिकास्थानस्थित घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन, गाडी र सुन बोक्न प्रयोग गरिने ज्याकेट वरामद गरिएको स्रोतले जनाएको छ।

सशस्त्रको गाडीबाट सखुवा तस्करी, डिएसपी नै छानविनमा

सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा.१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानूनी ढंगले सखुवाको काठ लैजादै गर्दा सोमबार राती पक्राउ परेको छ।

सुन तस्करी प्रकरण : सरकारले चीनसँग माग्यो सहयोग

सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भइरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो।

गाई तस्करीको जालो भत्काउँदै रौतहट प्रहरी

रौतहटको विभिन्न नाका भएर सीमावर्ती भारतीय बजारतर्फ अवैध रुपमा भइरहेको राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक रौतहट प्रहरीले सक्रियताका साथ तस्करीको जालो नै भत्काउन थालेको देखिएको छ।

सुन तस्करीका अभियुक्त कारागार चलान

सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन्।

'सुन तस्करीका ठूला माछा कतै प्रधानमन्त्री त हैनन?'

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुन तस्करी काण्डमा साना माछा मात्रै पक्राउ परेको भन्दै ठूलो माछा स्वयं प्रधानमन्त्री नै त हैनन् भनी आशंका व्यक्त गरेका छन् ।

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन।

यी हुन् सुन तस्करीका नाइके

नेपालमा हुने सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ ।

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्