५ आश्विन २०८१ शनिबार
image/svg+xml

अपराधले आक्रान्त मधेस

खुला सिमानाबाट आउजाउ र सामान ओसारपसारलाई व्यवस्थित तथा अवैध साना हतियार नियन्त्रण नगरिए मधेसको सुरक्षा व्यवस्था भयावह हुन सक्ने आकलन

मधेसमा मौलाउँदै भ्रष्टाचार

आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले नगर क्षेत्रका एक सय ३० जना विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको नायब सुब्बा र खरिदारको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातका आधारमा खुलेको छ।

लागुऔषधको जालोमा जेलिँदै मधेस

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो पनि फैलँदो छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको भुमरीमा फसिरहेको छ।

मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख

मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख पठाउने भएको छ।

विश्व वातावरण सुविधावापत २० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नेपाल सरकारले दिगो भू–व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मधेसको दयनीय शैक्षिक अवस्था

गरिबका छोराछोरी, पिछडिएको क्षेत्र, वर्ग, समुदायहरू पढ्नै नपाउने वातावरण निर्माण हुँदैछ अर्कोतिर सरकारी शिक्षा केन्द्रहरू बेरोजगार उत्पादन केन्द्रका रूपमा परिणत भइरहेका छन्।

काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्।

मधेसका दलित भातृ संगठन एकजुट

मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरूको संयुक्त बैठकले मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरेको छ।

पानी संकटले छटपटाउँदै मधेस

कमला नदीपूर्वको कर्जन्हा नगरपालिका बन्दिपुर टोलका मुक्तिलाल सिंह (६०) लाई सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ, त्यो हो ‘कमला नदीको जल’। जल अर्थात् कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था।

ज्यानमारा अस्पतालको बिगबिगी

प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो।

राजस्व ओरालो, तस्करी उकालो

सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।

मधेसमा सधैं अवैध हतियारको त्रास

धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषादेवी दास र बारा कलैया नगरपालिका–१८ घर भई तारापट्टीमै बस्ने २२ वर्षीय ओमलाल मण्डल प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिन दबाब दिँदा उषादेवी प्रेमीबाटै मारिइन्। प्रेमिकाको हत्या आरोपमा मण्डल धनुषा प्रहरीको हिरासतमा छन्।

आँप: उत्पादन किसानको, मूल्य व्यापारीको

नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ।

स्रोतले सम्पन्न तर गरिब प्रदेश ‘मधेस’

मधेसमा कृषिमा पर्याप्त सम्भावना छ। तर कृषिमा आधुनिक प्रणाली तथा औद्योगिकीकरण छैन। कृषि उत्पादनका लागि उर्वर जमिनको उत्पादकत्व बढाउन किसानमैत्री नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकार चुकेको छ। सिँचाइका पुराना योजना जीर्ण बनेका छन्।

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्