७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रतिनिधिसभाकाे बैठक सर्‍यो

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

उदयपुर १ मा परराष्ट्रमन्त्रीसँग ३ पूर्वमन्त्री भिड्दै

प्रदेश, संघ र जिल्ला समितिमार्फत छनौटमा परेका नामहरुलाई अन्तिम रुप दिन दलहरुले माथिल्लो समितिमा सिफारिस गरे अनुसार निर्वाचन क्षेत्र १ को चुनाव चाखलाग्दो हुने देखिएको छ। चाखलाग्दो यस मानेमा हो कि, जिल्लाका २ संघीय निर्वाचन क्षेत्रमध्ये १ नं. वहालवाला परराष्ट्रमन्त्री डा. नारायण खड्काले जितेको क्षेत्र हो।

उठेर दुई कदम हिड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकाक्षां राखेका छन्ः माधव नेपाल

‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ’, नेपालले भने।

कारागार व्यवस्थापन गर्न बजेट अभाव छः गृहमन्त्री

उनले भने, ‘कारगारमा बन्दीहरुको संख्या पनि ठूलो छ। र, भौतिक पूर्वाधार व्यवस्थापनमा एकदम चुनौती छ। कारगार व्यवस्थापनका लागि पनि राज्यले, सरकारले, हामीले पर्याप्त बजेट व्यवस्थापन गर्न पनि आवश्यक छ।’

प्रतिनिधिसभामा सांसदहरुले भने, 'आज यो अन्तिम बैठक हो'

प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताइन्।

केही जनप्रतिनिधिले साइबर क्राइम हुनेगरी सामाजिक सञ्जाल दुरुपयोग गरेः महेश बस्नेत

उनले काठमाडौँ महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनुपर्ने माग पनि राखे। उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए। साथै नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने धारणा राखे।

सांसद सुवालको प्रश्नः डेंगुले जनताको मृत्यु भइरहेको छ, अस्पतालमा शैया छैन्, स्वास्थ्य मन्त्रीज्यू के छ त देशको स्थिति?

'स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु।'

सांसद अधिकारीको प्रश्नः ओली नेतृत्व सरकारले गुठीको समस्या समाधान गर्न ल्याएको विधेयककाे विरोध गर्नेहरु अहिले के गर्दै हुनुहुन्छ?

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धी विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाव समेत दिए।

एमालेमा ५६ जना सर्वसम्मत सिफारिस

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने सम्भावना बढेको छ।

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।

महाभियोग पारित गरेर देखाउन जबराको चुनौती

जबराले भने, ‘मलाई लगाएको आरोप अरूलाई लगाएको भए भागिसक्थे तर मलाई महाभियोग पारित हुन्छ भन्ने पटक्कै विश्वास थिएन, छैन, त्यसैले म यहाँ जवाफ दिन आएको हुँ।’ उनले महाभियोगमा लगाइएका आरोप सत्य नभएकाले आफू खुलेर जवाफ दिन सक्ने अवस्थामा रहेको बताए।

जबरासँग आज पनि बयान लिँदै महाअभियोग सिफारिस समिति

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ।

बेपत्ता पारिएका व्यक्तिको छानविनलाई संशोधन गर्न बनेको विधेयक तत्काल पारित गर्नुपर्छः मन्त्री शर्मा

‘यो विषयलाई हामीले ढिलो गर्दाखेरी धेरै असरहरु भयो। पीडितहरुले धेरै दुःख पाउनु भयो। यति धेरै दुःख पाउनु भयो पीडितहरुले। वास्तवमा हामीले उहाँहरुलाई परिपुरण दिन नसकेको अवस्था छ। अब मानव अधिकार उलंघनको घटनामा पीडितहरुले चाहेसम्म, पीडितको स्वीकृति भएसम्म, उहाँहरुको स्वतन्त्र सहमति हुँदासम्म मेलमिलापमा जान सक्ने र मेलमिलापमा जान नसकेको कुरामा छलफल भइराखेका छन्।'

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्