१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

केही जनप्रतिनिधिले साइबर क्राइम हुनेगरी सामाजिक सञ्जाल दुरुपयोग गरेः महेश बस्नेत

नेकपा (एमाले)का सांसद महेश बस्नेतले केही जनप्रतिनिधिले साइबर क्राइम आकर्षित हुने गरेर सामाजिक सञ्जाल दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।  

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कायकर्ताको बदनाम गराउन अन्तर्राष्ट्रिय तत्वहरुको चलखेल भइरहेको दाबी गरे। सांसद बस्नेतले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानूनी कारबाही गर्न आग्रह गरे।

उनले काठमाडौँ महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनुपर्ने माग पनि राखे। उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए। साथै नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने धारणा राखे।

प्रकाशित: २९ भाद्र २०७९ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App