आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको संघीय संसद सचिवालयले जनाएको छ।
आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
प्रकाशित: ३० भाद्र २०७९ ०६:१७ बिहीबार