२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन। शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो कुरा बताएका हुन।

एसिसी प्रिमियर कप : नेपाल र युएईबीचको फाइनल खेल पानी परेर रद्ध भए के हुन्छ ?

एसिसी प्रिमियर कपको फाइनल खेल भोलि सोमबार हुँदैछ।कुवेतविरुद्धको हिजो भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेता हुँदै घरेलु टोली नेपाल फाईनमा पुगेको छ।

अर्थतन्त्रको समस्या समाधान गर्न परिसंघ र महासंघको ऐक्यवद्धता

नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न ऐक्यवद्धता जनाएका छन्।

निगमद्वारा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन– एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।

प्रि-जब ट्रेनिङ आयोजना हुँदै

क्यान महासंघले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलालाई लक्षित गर्दै प्रि-जब ट्रेनिङ आयोजना गर्ने भएको छ।

पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान

नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानमा कार्यरत २७ जना कर्मचारीलाई ५ दिने पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ।

मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ: अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएक छन्।

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपालछनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो।

ब्याजदर नघटाएसम्म अर्थतन्त्र सुध्रिदैनः मल्होत्रा

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन्।

पर्यटन मार्फत नेपाली अर्थतन्त्र उकास्न सकिन्छः अमेरिकी राजदूत थम्पसन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गण्डकी प्रदेश र पोखराको अर्थतन्त्र उकास्न पर्यटन नै महत्वपूर्ण क्षेत्र रहेको र त्यसमा सहकार्य गर्न तयार रहेको बताएका छन्। पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा राजदूत थम्पसनले नेपाली अर्थतन्त्र उकास्नका लागि पर्यटन सबैभन्दा बढी महत्वपूर्ण रहेको बताए।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्विकार्य हुँदैन: महामन्त्री शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्विकार्य नहुने बताएका छन्।

टस हारेर नेपालले पायो ब्याटिङको निम्तो, गुलशन झा बेन्चमा

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाललाई ब्याटिङको निम्तो आएको हो।

नौ महिनामा एक लाख बढीले पाए सेवा

मधयपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन्।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्