२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

निगमद्वारा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन- एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।

परीक्षण उडानको लागि जहाज काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ६ः४६ मा उडान भरी ७ः४२ मा रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो।

उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूको संयुक्त टोली सम्मिलित रहेको थियो। परीक्षण उडानपश्चात् निगमसँग जहाजको उपलब्धता भएसँगै काठमाडौं–रेसुङ्गा–काठमाडौं सेक्टरमा नियमित उडान सञ्चालन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन्।  

प्रकाशित: १७ वैशाख २०८० ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App