१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नौ महिनामा एक लाख बढीले पाए सेवा

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन्।

अस्पतालको १५औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डिके रौशनले सो कुराको जानकारी दिएका हुन्। सोही अवधिमा १ लाख ७३ हजार ५ सय ९३ जनाले ल्याब सेवा, ३३ हजार ५८ जनाले एक्सरे, ६ हजार ५ सय ५४ जनाले ईसिजी, १० हजार ९ सय ७१ जनाले युएसजी, ५ सय १२ जनाले इन्डोस्कोपी सेवा लिइसकेको उनले बताए।

मधयपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन्।

त्यसैगरी ७ सय २३ जनाले विभिन्न रोगको शल्यक्रिया गरेको भन्दै निर्देशन डा. रौशनले २ हजार ३ सय ५ जनाले आईपिडी र ५ हजार ४ सय ६२ जनाले ईआर सम्बन्धी स्वास्थ्य सेवा लिएको बताए।

वार्षिकोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नगरस्तरीय अस्पताल भए पनि यसले प्रदेशस्तरीय अस्पतालका रूपमा सेवा सुविधा प्रदान गर्दै आइरहेको चर्चा गरे।

प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले अस्पतालले बिरामी जाँच्ने कार्य मात्र नभई नगरवासीलाई रोग नै लाग्न नदिने किसिमको कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिए।

वार्षिकोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य दुर्लभ थापाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नगरस्तरीय अस्पताल भए पनि यसले प्रदेशस्तरीय अस्पतालका रूपमा सेवा सुविधा प्रदान गर्दै आइरहेको चर्चा गरे।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्रको शिक्षा, स्वास्थ्य र रोजगारमा विशेष ध्यान दिँदै अघि बढिरहेको बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा अस्पतालको आफ्नै नर्सिङ कलेज सञ्चालन र सुविधायुक्त ल्याबसम्बन्धी सेवा गर्न तयारी गरिरहेको समेत बताए।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले विगतको तुलना धेरै परिवर्तन आइरहेको भन्दै अस्पतालमा आउने बिरामी, डाक्टर र कर्मचारीबीच सुमधुर सम्बन्ध रहनुपर्ने बताए।

सिटी स्क्यान मेसिन सञ्चालन

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिले शुक्रबारदेखि सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ।

करिब ५ करोडको लागतमा मध्यपुर थिमि नगरपालिकाले आफ्नै आन्तरिक रकमबाट खरिद गरी अस्पतालको १५ औं वार्षिकोत्सवको अवसर पारेर सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिले शुक्रबारदेखि सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ।

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले एक कार्यक्रमबीच उक्त मेसिन सञ्चालनको सुरुवात गरेका हुन्। मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरी केही हप्तापछि नै पूर्णरूपमा सञ्चालनमा ल्याउने मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८० ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App