१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रि-जब ट्रेनिङ आयोजना हुँदै

क्यान महासंघले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलालाई लक्षित गर्दै प्रि-जब ट्रेनिङ आयोजना गर्ने भएको छ। इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे-२०२३ को अवसरमा महासंघले वैशाख १९ देखि चार दिनसम्म सञ्चालन हुने गरी उक्त तालिम आयोजना गर्न लागेको हो।

यस अन्तर्गत महिलाले रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन्।

सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, इमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी , नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन्।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गल्र्स इन आईसीटी डे मनाइन्छ। यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न विश्भर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ।

प्रकाशित: १७ वैशाख २०८० ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App