१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप : नेपाल र युएईबीचको फाइनल खेल पानी परेर रद्ध भए के हुन्छ ?

शनिबार कुवेत विरुद्धको खेल पानीले पुरा नभएपछि खेल रद्ध भएर नेपाल विजयी भएको खुसीयालीमा नेपाली खेलाडी पानीमा भिज्दै समर्थकलाई धन्यवाद दिदै । (फोटो क्यान ) <br>

एसिसी प्रिमियर कपको फाइनल खेल भोलि सोमबार हुँदैछ।कुवेतविरुद्धको हिजो भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेता हुँदै घरेलु टोली नेपाल फाईनमा पुगेको छ।त्यसैगरी वर्षाले प्रभाव पारेको खेलमा यूएई डकवर्थ लेविस पद्धतिको आधारमा ओमानलाई दुई रनले हराउँदै फाईनलमा पुगेको छ।  

काठमाठौमा आगामी बिहीबार सम्म वर्षा हुने सम्भावना छ। वर्षाको कारण भोलिको फाईनल खेल हुन नसके पर्सि मंगलबार खेल हुनेछ।  

दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभरको खेल खेलाउने प्रयास गरिनेछ।वर्षाको कारण  खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ। खेल रद्ध भएको अवस्थामा आइसिसीको एक दिवसीय वरियतामा माथिल्लो स्थान बनाएको टोली एसिया कपका लागि छनौट हुनेछ। आइसिसीको पछिल्लो एकदिवसीय वरियतामा नेपाल १४ औं र युएई १९औं स्थानमा छन्। 

प्रकाशित: १७ वैशाख २०८० ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App