त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु
पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।
पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।
भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।
सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ।
रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ।
भूकम्पले जाजरकोटमा मात्रै ९ हजार ७ सय ९४ वटा घर पूर्ण क्षति भएका छन्। रूकुम पश्चिममा भने १६ हजार ५ सय ७० घर पूर्ण क्षति भएको सरकारी आँकडा छ।
गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घर भत्किँदा सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्।
भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।
भूकम्पले भत्किएका संरचना र अस्थायी आवास निर्माणका लागि जाजरकोट र रुकुम पश्चिममा राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिइरहेका छन्।
सरकारले भूकम्पबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई तत्कालै उपलब्ध गराउनुपर्ने राहत रकम समेत झन्डै एक महिना पुग्दापनि पीडित परिवारको हातमा पुर्याउन सकेको छैन।
नेस्लेले नेपालमा भूकम्प पीडित राहतका लागि ३२ लाख रूपैयाँ बराबरको खाद्यान्नमा सहयोग गरेको छ।
पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।
सरकारले भूकम्पबाट भत्केका घर बनाउन राहतस्वरूप रकम दिने घोषणा गरे पनि त्यसले अपुग हुने भएकाले खर्च जुटाउन कामका लागि भारत पस्नुपर्ने बाध्यता आइलागेको पीडित बताउँछन्।
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ।
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ।