२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेस्लेद्वारा भूकम्प पीडितलाई ३२ लाख सहयोग

नेस्लेले नेपालमा भूकम्प पीडित राहतका लागि ३२ लाख रूपैयाँ बराबरको खाद्यान्नमा सहयोग गरेको छ। जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्पबाट प्रभावित नेपालका जाजरकोट र रुकुम जिल्लाका जनतालाई सहयोगका लागि भन्दै उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएको छ।

कम्पनीले दैनिक आवश्यकताका लागि चाहिने खाद्यान्न डेरीका सामग्री, म्यागी चाउचाउ, किटक्याट आदि गरेर करिब ३२ लाख नेपाली रूपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको हो।

कम्पनीको सहयोगले प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्नको उपलब्धतामा तत्कालका लागि सहयोग पुग्ने विश्वास नेस्लेको छ। खाद्यान्न सीमा क्षेत्रका नेपाली सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ।

प्रकाशित: १० मंसिर २०८० ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App