भक्तपुरकी कल्पना कुमार शनिबार आमाको मुख हेर्ने दिनभर छोराछोरीले आप्mनो पनि मुख हेर्न आउलान् कि भनेर कुरेर बसिन्। तर रातिसम्म पनि कुनै छोराछोरीले मुख हेर्न आइनन्। कल्पना भन्छिन्, ‘आज सबैजनाले आमाको मुख हेर्ने गर्छन्। त्यसैले मैले पनि मेरी छोरीलाई कुरेको हुँ।’ छोरी जन्मेपछि श्रीमान्ले अर्को श्रीमती ल्याएको र आफू एक्ली भएको उनी सुनाउँछिन्। त्यसपछि श्रीमान्को दिने पीडा सहन नसकेर घर छोडेको उनी बताउँछिन्। कल्पना दुःखी हुँदै भन्छिन्, ‘श्रीमानले एक तलामाथिबाट खसाले। खुट्टा पनि भाँचियो।’ लगनखेलको सडकमा बास भइरहेको उनलाई मानव कल्याण समाज (सेवा घर) मा ल्याइएको हो। अहिले यही सेवा घरमा असहायहरुलाई खाना बनाएर खुबाउने गरेकी छिन्।