४५ भारतीयसहित तीन नेपाली पक्राउ
पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतले पाकिस्तानको बालुचीस्तानमा आफ्नो प्रभाव देखाउँदै दख्खल दिए आफूहरु चुप लागेर नबस्ने चीनले चेतावनी दिएको छ। चीनको एक प्रभावकारी संस्थाले चीन र पाकिस्तानबीच हुन लागेको करिब ४६ अरब डलरको सहयोग सम्झौता सिपीइसीमा बाधा पुर्याउन खोजे चीन चुप लागेर नबस्ने बताएको हो।
पछिल्ला वर्षहरुमा नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि देखिएको छ। गत आर्थिक वर्षमा पनि उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकी भारतभन्दा परियोजनाको संख्या तथा लगानी रकम दुवैको आधारमा ५ गुना बढी लगानी गर्ने प्रतिबद्धता गरेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ।
ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो ठूलो स्कोर बनेको खेलमा वेस्ट इन्डिजले भारतमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ। २ सय ४६ रनको लक्ष्य पछ्याएको भारतलाई जितका लागि अन्तिम ओभरमा ८ रन बनाउनु पर्ने थियो।
संविधान संशोधन र निर्वाचनसम्बन्धी कानुनलाई टुंगोमा पुर्याएर मात्रै छिमेकी मुलुक भारत भ्रमण जाने योजना प्रधानमन्त्री पुष्पकमल दाहालले बनाएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन तथा स्थानीय निकाय निर्वाचन चैतमै सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन कानुनलाई भदौभित्रै टुंग्याउने योजनामा दाहाल छन्।
गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीका विशेष दूतका रूपमा भारत भ्रमण गर्दा दुई देशको सम्बन्ध विकास तथा उच्च तहको भ्रमणलगायत विषयमा छलफल गरेको बताएका छन्। आफ्नो भ्रमणबारे आइतबार व्यवस्थापिका संसद्लाई जानकारी गराउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको पत्र भारतीय समकक्षीलाई हस्तान्तरण गरेको बताए।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेको भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्।
भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको जनाएको छ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन्। मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।
भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।
विशेष दूतका हैसियतले नयाँ सरकारका दुई उपप्रधानमन्त्री चीन र भारतको भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई लिएर अनेकौँ कोणबाट चर्चा/परिचर्चा सुरु भए। सबभन्दा चर्चामा रहेका विषय फास्ट ट्र्याक र जलविद्युतबारे हो।
भारतीय संस्थापन पक्षका भनाइहरु नेपालीका लागि सधैँ चासोको विषय हुने गरेका छन्। पाँच महिना लामो नाकाबन्दीपछि दक्षिणी छिमेकीको छवि नेपालीबीच आलोचनाको विषय बनिरहँदा त्यो चासो अझ बढेको छ।
भारत सरकारले सरोगेसी (कोख भाडा लिएर बच्चा जन्माउने कार्य) लाई प्रतिबन्ध गर्ने भएको छ। भारत सरकारले वैधानिक रूपमा विवाह गरेको भारतीय दम्पतीबाहेक अन्यमाथि सरोगेसी प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्।
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० मा भारतको चारदिने औपचारिक भ्रमणमा निस्कने अनौपचारिक तय भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। चारदिने भ्रमणका क्रममा भारतले कुनै ठूलो परियोजनामा सहयोग गर्ने विषयमा सम्झौतासमेत हुने बताइएको छ।